रातोपाटी
वाम घटकहरूसँग पार्टी एकता गर्दा समानस्तरको समायोजन गर्ने नेकपा माओवादी केन्द्रको निर्णयले सांगठनिक संरचना थप भद्रगोल हुने देखिएको छ ।
मंसिर २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत नवप्रवेशी स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत थिए, सोही स्तरमा समायोजन गर्ने निर्णय गरेको थियो ।
समायोजन सम्बन्धी यो निर्णयले सांगठनिक संरचना थप भद्रगोल हुने खतरा रहेको एक पदाधिकारीले बताए । ‘पार्टी एकीकरण हुँदा समान स्तरको समायोजन गर्ने भनिएको छ । तर पदाधिकारीको हकमा कसरी समायोजन गर्ने भन्नेबारे स्पष्ट निर्णय भएको छैन । एकीकरणपछि एउटा पार्टी दुई अध्यक्ष र दुई महासचिव त हुन सक्दैन । पार्टीको विद्यामान विधान वा नयाँ बनेको विधानले समेत एकतापछिको संगठनिक संरचनाबारे परिकल्पना गरेको छैन । स्थायी समितिको निर्णयले सांगठनिक कठिनाइको साथसाथै थप भद्रगोल हुने देखिन्छ । यसबारे अर्को बैठकमा थप छलफल होला’, रातोपाटीसँग ती पदाधिकारीले भने ।
ती नेताका अनुसार समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र धुव्रीकरणमा जोड दिने स्थायी समितिको निर्णय सहितको परिपत्र मातहतका समितिलाई पठाइसकेको छ ।
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया