नयाँ पत्रिका दैनिक
नेपालको अध्यागमनमा ‘एड्भान्स प्यासेन्जर इन्फर्मेसन सिस्टम (एपिस) प्रणाली जडान गर्ने गृहकार्य अघि बढेको छ । अध्यागमन विभागले यसका लागि समिति गठन गरेर तयारी थालेको हो ।
विभागका निर्देशक अनुप न्यौपानेको नेतृत्वमा समिति गठन गरिएको अध्यागमनका महानिर्देशक गोविन्दप्रसाद रिजालले बताए । एपिस लागू भएपछि विदेशबाट आउन लागेका यात्रुहरूको विवरण पहिले नै नेपालले प्राप्त गर्नेछ भने बाहिरिने यात्रुहरू कुन देश पुगे भनेर पनि ट्रयाकिङ गर्न सकिन्छ ।
गोविन्दप्रसाद रिजाल निर्देशक, अध्यागमन विभाग
यो प्रणालीले शंकास्पद व्यक्तिहरूको निगरानी र नियन्त्रण सहज हुन्छ । हाम्रो देशबाट बाहिरिने यात्रुहरू पनि कुन देश गए भनेर ट्रयाकिङ गर्न सकिन्छ । सुरक्षाका लागि यो एकदमै आवश्यक ठानेर हामीले लागू गर्न लागेका हौँ । यसका लागि बजेट विनियोजन भएको अवस्था छ ।
‘यो प्रणालीले शंकास्पद व्यक्तिहरूको निगरानी र नियन्त्रण सहज हुन्छ,’ महानिर्देशक रिजालले भने, ‘हाम्रो देशबाट बाहिरिने यात्रुहरू पनि कुन देश गए भनेर ट्रयाकिङ गर्न सकिन्छ ।’
एपिस लागू गर्न सुरुमा सफ्टवेयर खरिद गर्ने र यस्तो प्रणालीमा आबद्धता हुनुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय डाटा प्रणालीमा आबद्ध हुनुपर्छ । अमेरिकाको कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सिबिपी)लगायतले यस्तो प्रणाली बनाएका छन् ।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया