अनलाइनखबर
४९ वर्षअघि अर्थात् २०३३ सालमा आठ वर्षे निर्वासित जीवन त्यागेर बीपी कोइराला स्वदेश फर्किएको दिन ।
भारतमा निर्वासित जीवन बिताइरहेका बीपीलाई त्यसवेला स्वदेश फर्किन सहज थिएन । तत्कालीन शासन व्यवस्थाकै कारण उनी भारत निर्वासनमा गएका थिए । उनका निम्ति अवस्थामा कुनै फेरबदल आएको थिएन । तै पनि जोखिम लिएर राष्ट्रिय मेलमिलापको सन्देश बोकेर उनी स्वदेश फर्किएका थिए । राजा र राजनीतिक दल मिलेर मात्र मुलुकको हित हुन सक्छ भन्ने राष्ट्रिय मेलमिलापको सन्देश थियो । त्यही दिनको सम्झनामा नेपाली कांग्रेसले प्रत्येक वर्षको १६ पुसलाई राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।
पहिलो आमनिर्वाचनबाट दुईतिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरेका बीपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले १ पुस २०१७ ‘सैनिक कू’ गर्दै प्रधानमन्त्रीबाट अपदस्थ गरेका थिए । त्यसवेला नेपाल तरुण दलको महाधिवेशन उदघाटनमा सरिक भइरहेकोे अवस्थामा नेपाली कांग्रेसका सभापतिसमेत रहेका बीपीलाई पक्राउ गरेर सुन्दरीजल जेल लगिएको थियो । संसद् विघटन गरी राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएका महेन्द्रले कांग्रेसका अन्य वरिष्ठ नेताहरूलाई पनि बीपीसँगै देशद्रोहको मुद्दासमेत लगाएर प्रजातन्त्रको हत्या गरेका थिए ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया