बाह्रखरी
ठमाडौंमै भएको एक हाईप्रोफाइल हत्या घटनामा प्रहरीको कमजोर अनुसन्धानका कारण एक अरोपी अनाहकमा जेल बस्नु परेको छ । पूर्वराजदूत केशवराज झा हत्याको अनुसन्धानमा प्रहरीकै कमजोर अनुसन्धानका कारण काभ्रे पनौतीका सानु कान्छा तामाङ्ग करिब २० महिना जेल बसेर छुटेको तथ्य खुलेको हो ।
हाल उनी दुई तहको अदातलबाट सफाई पाएपछि जेल मुक्त भएका छन् । तर, प्रहरीको अनुसन्धानमाथि भने गम्भीर प्रश्न उठेको छ । जघन्य प्रकृतिको घटनामासमेत काठमाडौं प्रहरीले हतासमा अनुसन्धान गर्दा यस्तो परिणामा देखिएको केही प्रहरी अधिकारीहरु नै स्वीकार गर्छन् ।
२०७५ साल भदौ ४ मा बबरमहलस्थित आफ्नै घरमा झा को हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सोही आरोपमा प्रहरीले झा कै घरमा काम गर्ने ५२ वर्षीय तामाङलाई पक्राउ गरेर अदातलमा पेस गरेको थियो त्यो पनि एकवर्ष पछि ।
काठमाडौं । काठमाडौंमै भएको एक हाईप्रोफाइल हत्या घटनामा प्रहरीको कमजोर अनुसन्धानका कारण एक अरोपी अनाहकमा जेल बस्नु परेको छ । पूर्वराजदूत केशवराज झा हत्याको अनुसन्धानमा प्रहरीकै कमजोर अनुसन्धानका कारण काभ्रे पनौतीका सानु कान्छा तामाङ्ग करिब २० महिना जेल बसेर छुटेको तथ्य खुलेको हो ।
हाल उनी दुई तहको अदातलबाट सफाई पाएपछि जेल मुक्त भएका छन् । तर, प्रहरीको अनुसन्धानमाथि भने गम्भीर प्रश्न उठेको छ । जघन्य प्रकृतिको घटनामासमेत काठमाडौं प्रहरीले हतासमा अनुसन्धान गर्दा यस्तो परिणामा देखिएको केही प्रहरी अधिकारीहरु नै स्वीकार गर्छन् ।
२०७५ साल भदौ ४ मा बबरमहलस्थित आफ्नै घरमा झा को हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सोही आरोपमा प्रहरीले झा कै घरमा काम गर्ने ५२ वर्षीय तामाङलाई पक्राउ गरेर अदातलमा पेस गरेको थियो त्यो पनि एकवर्ष पछि ।
जिल्ला अदालतले झाको हत्या भएको ठहर गर्दै हत्या घटनामा आरोपी तामाङ संलग्न हो भन्ने आधार र प्रमाण नदेखिएको भन्दै उनलाई सफाई दिएको छ । तामाङलाई तत्कालीन अपराध महाशाखाले २०७६ भदौमा पक्राउ गरेको थियो ।
त्यो बेला भने अदालतलेसमेत उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, करिब दुईवर्ष पुर्पक्षका लागि थुनामा बसेपछि तामाङलाई जिल्ला अदालतका न्यायाधीस बद्रिप्रसाद ओलीको एकल इजलासले २०७७ चैत २३ मा सफाइ दिएको थियो ।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया