सेतोपाटी
मनु नेम्वाङले यो वर्ष मात्रै ४० वटा गीत गाइन्। उनको पछिल्लो गीत डेढ महिनाअघि रेकर्ड भएको थियो। कुनै बेला उनी दिनकै तीन/चार वटा गीत रेकर्ड गर्थिन्।
झन्डै तीन दशक भयो उनले गाउन थालेको। अहिलेसम्म कतिवटा गीत गाइसकिन्, उनैलाई याद छैन। अन्तिमपटक उनले गन्दासम्म आठ सयवटा पुगेका थिए। गन्न छोडेको आठ वर्ष भइसक्यो। अहिले एक हजारभन्दा त बढी भइसकेको उनी बताउँछिन्।
मनु नेपाली र लिम्बू दुबै भाषाका गीत गाउँछिन्। बढी परिचित भने लिम्बू भाषाकै गायनमा छिन्। लिम्बू समुदायविशेष कार्यक्रम होस् वा कुनै समारोह, मनुका गीत बिरलै छुट्छन्। उनलाई दर्शकले 'स्वर किन्नरी' को उपाधि समेत दिएका छन्।
उनी अभिनय पनि गर्छिन्। हरेकजसो लिम्बू फिल्ममा उनले काम गरेकी छन्, कुनैमा अभिनय त कुनैमा डबिङ।
'आफ्नो संस्कृतिको गीत गाउनेहरू कम छन्। म लिम्बू भाषामै पहिचान बनाउँछु भनेर लागिपरेकी मान्छे हुँ,' उनी भन्छिन्।
उनको आफ्नै रेकर्ड स्टुडियो छ, एभरेस्ट कल्चर मिडिया। यहाँ गीत रेकर्ड र फिल्म डबिङ हुन्छ। यसबाहेक उनको अधिकांश समय होटलमा बित्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया