बिबिसी
वैज्ञानिकहरूले यसपालि जाडो महिनामा वर्षा नभएका सहितका कारणले गर्दा हिमाली क्षेत्रमा हिउँको मात्रा कम भएको भन्दै त्यसले नदी प्रणाली र तल्लो भूभागमा बसिरहेका मानिसहरूलाई प्रभावित पार्न सक्ने बताएका छन्।
नेपाल सरकारका एक जना अधिकारीले अहिलेसम्मको परिस्थिति हेर्दा यो साल नेपालका हिमालहरूमा केही वर्ष यताकै कम हिउँ देखिएको टिप्पणी गरेका छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका एक जना वैज्ञानिकले सगरमाथा क्षेत्रमा अघिल्लो वर्षको तुलनामा खासै फरक नदेखिएको भए पनि समग्र हिमालय क्षेत्रलाई हेर्ने हो भने विगत वर्षको तुलनामा यो वर्ष बढी सुक्खापन र कम हिउँ देखिएको जनाएका छन्।
कीर्तिमानी परिमाणमा कम हिउँ परेकाले सम्पूर्ण हिन्दु कुश क्षेत्र प्रभावित हुने र पानीको अभाव देखा पर्नसक्ने केन्द्रले जनाएको छ।
यसै साता एक जना अमेरिकी विज्ञले विश्वको सर्वोच्च शिखर सगरमाथामा हिउँ सधैँ जमिरहने स्थान यस पटकको जाडो याममा ६००० मिटर माथि सरेको उल्लेख गरेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया