अन्नपूर्ण पोष्ट
नेपाली सेनाले बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा दिन सरकारसँग माग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकारका वरिष्ठ मन्त्रीहरूसँग बुधबार भएको छलफलमा सेनाले कल्याणकारी कोषमार्फत हेटौंडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको हो। सेनाले आर्थिक वर्ष ०८१/८२ भित्रै हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने जनाएको छ।
हेटौंडा कपडा उद्योग सञ्चालनबारे सेनाले कार्यदल बनाएर अध्ययन गरेको थियो। उसले उद्योगको अवस्था र सञ्चालनको मोडेलबारे प्रधानमन्त्री दाहाललाई ‘ब्रिफिङ’ गर्यो। जबकि, मुलुकमा के कस्ता उद्योग स्थापना गर्ने ? उद्योग सञ्चालन कसरी गर्ने ? रोजगारी सिर्जना कसरी गर्ने ? भन्ने दायित्व र जिम्मेवारी नागरिक सरकारको हो। तर, सरकार भने बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा सेनालाई दिने तयारी गरिरहेको स्रोतले बतायो। विज्ञहरू भने सेनालाई ‘महत्वकांक्षी’ बनाउन नहुनेमा जोड दिन्छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया