अनलाइनखबर
सीके राउत नेतृत्वको जनमत पार्टी समाजवादी व्यवस्थाको विपक्षमा स्पष्ट खुलेको छ। पार्टीका अध्यक्ष राउतले २१ माघमा बसेको सचिवालय बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा समाजवादलाई भ्रमको संज्ञा दिएका छन्।
राउतले विद्यमान समस्यालाई समाजवादले हल गर्न नसक्ने भन्दै पुँजीवादी क्रान्तिपछि मात्रै समाजवाद ल्याउन सकिने उल्लेख गरेका छन्।
वृहत शान्ति सम्झौता, नेकपा (माओवादी) ले नेकपा (एमाले) सँग गरेको पार्टी एकता र नेपालको संविधान २०७२ ले समेत समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य लिएपछि समाजवादप्रति बनेको स्वतः धारणालाई पुनर्विचार गर्नुपर्ने देखिएको राउतले अगाडि सारेको राजनीतिक प्रस्तावको निष्कर्ष छ।
राउतले नेपालमा पुँजीको आकांक्षा राख्ने, तर पुँजीवादको विरोध गर्ने मानसिकता रहेको भन्दै यसले राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसकेको तर्क गरेका छन्। जनमतको प्रस्तावमा अगाडि उल्लेख छ, ‘यदि नेपाललाई धनी र समृद्ध बनाउनु छ भने सबभन्दा पहिला नेपाली समाजको अन्तस्करणमा रहेको पुँजी, पुँजीवाद र पुँजीपति प्रतिको घृणा हटाउनु पर्दछ। विशाल पुँजीको अपेक्षा गर्ने अनि पुँजीवाद र पुँजीपतिसँग शत्रुता गर्ने कुरा हुन सक्दैन।’
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया