ज्योति देवकोटा
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सुरू भएकाे छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट लामिछानेकाे सुरु भएको हाे।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा प्रकाउ परेका लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार अभियोग पत्र दर्ता भएकाे थियाे।
रविसँगै मुद्दा दर्ता भएका डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाईं, कृष्ण गुरूङलाई पनि अदालतमा उपस्थित गराइएको छ।
लामिछानेसहित उनीहरूलाई बयानका लागि साेमबारदेखि नै अदालतमा उपस्थित गराइएको भएपनि जोशी र पछाईंकाे मात्रै बयान भएकाे लिइएकाे थियाे। उनीहरू दुईकाे बयान सकिएपछि रविकाे सुरू भएकाे हाे।
यसैगरी सहकारी ठगी प्रकरणमा मंगलबार पक्राउ आरती गुरूङ र गुरूङलाई पनि अदालत उपस्थित गराइएको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया