बिएल संवाददाता
कुरा ३२ वर्षअघिको हो। २०४७ साल चैत ३ गते सविता (परिवर्तित नाम)लाई वीरबहादुर तामाङले श्रीमानकहाँ पुर्याउने भन्दै सँगै लगेर काठमाडौँबाट हिडे।
सविताका श्रीमान ब्रुनाईमा रोजगारीका सिलसिलामा थिए। तामाङले सवितालाई श्रीमानको चिठ्ठी ‘श्रीमतीलाई ल्याइदिनु’ भन्ने छ भन्दै काठमाडौँबाट लिएर हिडेका थिए।
तर उनले ब्रनाई नपठाएर सवितालाई काँकरभिट्टा हुँदै भारत पुर्याए। भारतको पश्चिम बंगालको बागडोग्रा भन्ने ठाउँमा लगेर तामाङले भारु १० हजारमा सवितालाई बेचिदिए।
३२ वर्षअघि तामाङले म भोलि आउँछु भनेर दुई जना भारतीयको जिम्ममा उनलाई छाडेका थिए। तर पछि सवितालाई रिक्सामा हालेर अनेत्रै लैजानेक्रममा भागेर भारतीय प्रहरीमा पुगेपछि उनको उद्धार भएको थियो।
भारतीय प्रहरीले उनलाई काँकरभिट्टामा ल्याएर छोडेपछि सविताले सोही समयमा नै तामाङविरुद्ध मानब बेचबिखनको उजुरी प्रहरीमा दिएकी थिइन्।
प्रहरीले तामाङलाई फरार सूचीमा राखेर खोजेको भएपनि पक्राउ गर्न सकेको थिएन। ३२ वर्षपछि बुधबार मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरी टोलीले तामाङलाई ललितपुरबाट पक्राउ गरेको छ।
तामाङको घर धादिङको मेत्रावती गाउँपालिका– २ मा रहेको मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिए।
३२ वर्षअघि तामाङ मात्र २५ वर्ष थिए। हाल ५७ वर्ष पुगेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया