ओलीले रक्सी खुवाएर मविरुद्ध चितवनमा नाराबाजी गर्न लगाए: भीम रावल
एकाले महाधिवेशनकाे समयकाे स्मरण गर्दै उनले भने, ‘उद्घाटन सत्रकाे अघिल्लाे दिनकाे साँझ साैराहा पुगेकाे थिएँ। बस्ने ठाउँकाे अत्ताेपत्ताे थिएन। आफ्ना पक्षधरहरूलाई राेजेकाे र खाेजेकाे व्यवस्था गरिएकाे थियाे। म आफ्नै व्यवस्थामा बसेकाे हाेटेल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयाे। मेराे आग्रहमा सशस्त्र प्रहरीकाे टाेलीले नारा लगाउनेलाई त्यहाँबाट धपायाे। मेराेविरुद्ध त्यसरी नाराबाजी गर्न लगाउनु कथित एकता महाधिवेशन गर्ने आशय थियाे र?’
बिएल संवाददाता - काठमाडौं