पृथ्वीराजमार्ग अन्तरगत फिस्लिङमा लेदोसहितको पहिरो
पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ।
बिएल संवाददाता - काठमाडाैँ
पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ।
बिएल संवाददाता - काठमाडाैँ
देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौँ उपत्यकामा सोमबार वर्षा भइरहेको छ। वर्षासँगै यहाँ बग्ने नदीहरूको जलसतह बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको सूचना अनुसार काठमाडौंका कपन, सुन्दरीजल र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। यो वर्षाका कारण बाग्मती, धोबीखोला र विष्णुमती नदीमा बहाव बढेको छ।
बिएल संवाददाता - काठमाडाैँ
अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुलेको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ। सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो।
बिएल संवाददाता - म्याग्दी
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेंगुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उनले बताए । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको जानकारी दिए ।
बिएल संवाददाता - काठमाडाैँ
गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संविधानको धारा ७६ को उपधारा ४ मा व्यवस्था भएअनुसार विश्वासको मत लिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार नेपाल आइपुगेका नेपाली विद्यार्थीहरुले ढाकामा सञ्चार विच्छेद गर्ने क्रम सुरु भएको र प्रधानमन्त्रीसमेत भागेर स्पेन पुगिसकेको आफूहरुले थाहा पाएको सुनाए।
बिएल संवाददाता - काठमाडौं
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रकुमार महतोले समयमा काम नबन्दा आफूले घुस दिनुपरेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका महतोले यस्ताे बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन्। विगतमा करिब दुई तिहाईको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केही नेताहरुएमालेसँग मिलेकोमा खुशी भएपनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुशी नभएको बताए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘प्रधानमन्त्रीजीले ऋणको अवस्था, नेपालको अर्थतन्त्रको बारे र जनताहरुमा निराशाको बारे बताउनुभयो। पछिल्लो दुई/तीन वर्षमा काँग्रेस माओवादी, एमालेकोबीचमा गठबन्धन बन्यो। त्यसबीचका कुराहरुलाई उहाँले निराशाको रुपमा व्यक्त गर्नुभएको छ। त्यसलाई मैले तथ्याङ्कबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन। बीचमा केही परिघट्नाले आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको छ।’
बिएल संवाददाता - काठमाडौं
आइतबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त रिट सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। न्यायाधीश ढकालको इजलासले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यसविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको अवस्था रहेको भनेको छ।
बिएल संवाददाता - काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका छन्। आइतबार विश्वासको मतका लागि बसेकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले राजीनामाको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्। आइतबार बसेकाे प्रदेशसभा बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘एउटा कुरा खुलस्त पार्न चाहन्छु दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचारीलाई छोड्दैनौँ। भ्रष्टाचार र अख्तियार दुरूपयोगसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
उनले अहिलेसम्म जारी रहेका योजनाहरुको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई नै परिवर्तन गर्ने बताए। उनले नीतिगत सुधार, खर्च बढाएर तथा स्वदेशी उत्पादनको बढी प्रयोग गरेर अगाडि बढ्ने नीति बनाउने बताए।
बिएल संवाददाता - काठमाडौं
संसदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताएपछि सांसद्मा श्रेष्ठले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन हेप्ने र मिडिया ट्रायल गर्ने काम गरिएको बताइन्।
बिएल संवाददाता - काठमाडौं
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ। गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिन लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
ललितपुरमा रहेकाे १०६ वर्ष पुरानो दमकल पुन: सञ्चालनमा आएको छ। ललितपुर महानगरपालिकाले दमकलकाे मर्मत संहार गरेर आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .