बिहिबार, २७ अगस्ट २०२६

उपेन्द्र यादवको रिटमाथि आज पनि सुनुवाइ हुँदै

यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा सुनुवाइ हुँदैछ। यो रिट शुक्रबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा

पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइमा यस रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोहीअनुसार आज सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले यो मुद्धाको सुनुवाइ गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगरमा विद्यार्थीले गरे प्रदेश योजना आयोगको गाडीमा आगजनी

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो। साेही विरोधमा आन्दोलनरत विद्यार्थीले आयोगको गाडीमा ढुंगामुढुा गरी आगजनी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने

पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ। आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन्। नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, दरवाङ आधारभूत अस्पताल र नेपाल रेडक्रस सोसाइटीका टोलीले सेवा दिएका थिए। शिविरमा छ सय ६२ जनालाई स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी, भेटेरिनरी, आयुर्वेद, कृषि परामर्शसम्बन्धी सेवा प्रदान गरिएको अर्थुङ्गेस्थित नेपाली सेनाको शत्रुभञ्जन गुल्म सेनानी प्रकाश घिसिङले जानकारी दिए। स्वास्थ्यतर्फ चार सय चारजनाले स्वास्थ्य परीक्षण, हाड जोर्नी, मनोरोग, दाँत, आँखासम्बन्धी सेवा लिएका उनले बताए। एक सय ४३ जनाले आयुर्वेद, ८८ जनाले भेटेरिनरी र २४ जनाले कृषिसम्बन्धी सेवा लिएका सेनानी घिसिङले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रूपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको  आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

आँबुखैरेनी-मुग्लिन खण्ड आइतबार तीन घण्टा बन्द हुने

आँबुखैरेनी गाउँपालिका– ४ साँखर ड्यामनजिक भासिएको सडकमर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

गौतमबुद्ध विमानस्थलको भूमिस्थ प्रबन्धकाे जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः मन्त्री तामाङ

अठोट नेपाल र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा आज यहाँ आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४को उद्घाटन गर्दै मन्त्री तामाङले सो धारणा राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्वअमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडाैँ महानगरले गर्‍याे जोखिममा रहेका ३६ बालबालिकाकाे उद्दार

काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दाहाललाई हराएर थपलिया बने नाट्टाकाे अध्यक्ष

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गोसाइँकुण्ड मेला सुरू

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले  मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

राष्ट्रसङ्घीय समितिमा नेपालकी राणा निर्वाचित

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

पूर्वमा वर्षा, पश्चिममा हावाहुरीकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाकाअनुसार हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरुले चालु आर्थिक वर्षका  लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेलायत सरकारसँग हुने वार्ताको पूर्वसन्ध्यामा लण्डनमा गोर्खाहरुको छलफल

विहीबार बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाका प्रतिनिधिहरुबीच भएको बैठकमा गोर्खाको टोलीद्वारा भेटवार्ता गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं