मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै
धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ। ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउँछन्। वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वर र पीपलको पूजा गरिन्छ। पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ।
बिएल संवाददाता - महेन्द्रनगर