बिएल संवाददाता
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का कारण समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिएको सुनाए।
थापाले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफूले नाम फिर्ता लिएको सभापति श्रेष्ठले बैठकमा जानकारी गराएका हुन्।
‘उजुरीबारे आज बैठक बस्ने भएपछि हामीले उहाँलाई यहाँ बोलाएका थियौँ। केही कुरा पनि गर्यौँ। त्यसक्रममा उहाँले देशको कुरा हो, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो भने म नाम फिर्ता लिन्छु भन्नुभयो,’ सभापति श्रेष्ठले भने।
यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापासँग जापानको स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय उठेपछि उनको सुनुवाइ प्रक्रिया रोकिएको थियो।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले जापानका लागि प्रस्तावित राजदूत थापाको सम्बन्धमा छलफल हुँदा फिर्ता लिएको कुरा जानकारी गराइएको हो।
२०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो ।
नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया