बिएल संवाददाता
श्रम संस्कृति पार्टीको पहिलो स्थापना दिवसको अवसरमा ‘श्रम ब्रिगेड’ गठन गरिएको छ।
पार्टीको षडानन्द नगर कार्यसमितिले घोषणा गरेको श्रम ब्रिगेडको संयोजकमा रजत किराती रहेका छन्।
के हो त श्रम ब्रिगेडको अवधारणा?
श्रम ब्रिगेड दक्ष श्रमदाताहरूको छरितो र प्राविधिक टिम हो। यस टिमसँग आवश्यक प्राविधिक ज्ञान, सीप र उपकरणहरू हुनेछन्। सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या उत्पन्न हुँदा लामो प्रशासनिक प्रक्रियामा अल्झिनुभन्दा तत्काल परिचालन भएर मर्मत तथा व्यवस्थापनमा सहयोग पुर्याउनु यसको मुख्य अवधारणा हो।
श्रम ब्रिगेडको संरचना र कार्यक्षेत्र
क्लस्टर निर्माणः दुईदेखि तीनवटा वडाका श्रमदाताहरूलाई समेटेर नगरभित्र ५–६ वटा क्लस्टर निर्माण गरिनेछ।
संयोजकको व्यवस्थाः प्रत्येक क्लस्टरका संयोजक नगर श्रम ब्रिगेडका पदेन सदस्य रहनेछन्।
तत्काल परिचालनः सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या देखिएमा आवश्यक जनशक्ति र उपकरणसहित तत्काल परिचालन हुने व्यवस्था गरिनेछ।
मुख्य कार्यक्षेत्रः श्रमदान, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्ने।
श्रम संस्कृति पार्टीले स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेको अवस्थामा श्रम ब्रिगेडलाई नगरपालिकाको ‘फ्ल्यागसिप’ कार्यक्रमका रूपमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ।
श्रमलाई सम्मान, सीपलाई उपयोग र सामूहिक प्रयासमार्फत सार्वजनिक सेवा तथा विकास निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यसहित श्रम ब्रिगेडको अवधारणा अघि सारिएको षडानन्द नगर कार्यसमितिले जनाएको छ।
— निरोज कोइराला
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया