बिएल संवाददाता
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको विषयमा राष्ट्रिय जेनजी नागरिक अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अभियानले विज्ञप्ति जारी गर्दै प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गर्नु केवल एउटा पदको परिवर्तन मात्र नभइ समग्र प्रहरी संगठनको संस्थागत स्वायत्तता, व्यावसायिक मर्यादा र मनोबलमाथिको प्रहार भएको जनाएको हो।
नेपाल प्रहरीलाई आफ्नो स्वार्थ र राजनीतिक उद्देश्यअनुसार प्रयोग गर्ने मनसायबाट यस्तो निर्णय गरिएको संगठनको अभियानको ठहर छ।
‘कुनै पनि व्यक्तिले गल्ती गरेको वा कानुनविपरीत कार्य गरेको भए त्यसको निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाउनुपर्छ। तर प्रहरी नियमावली र स्थापित विधि तथा प्रक्रियालाई बेवास्ता गर्दै जिम्मेवारी हेरफेर गरिनु राज्य शक्तिको चरम दुरुपयोग हो,’ विज्ञप्तिमा भनिएको छ।
सत्ता र शक्तिको दुरुपयोग गरी प्रहरी संगठनलाई आफ्नो अनुकूल सञ्चालन गर्ने प्रयासले प्रहरीको व्यावसायिकता, निष्पक्षता र संस्थागत गरिमामाथि प्रश्न उठाउँनले र प्रहरी संगठन कुनै व्यक्ति वा सरकारको निजी स्वार्थ पूरा गर्ने संयन्त्र नभइ राज्य र नागरिकको सुरक्षाप्रति उत्तरदायी संस्था भएको अभियानले भनेको छ।
आईजीपीको जिम्मवारी हेरफेर र नयाँ आईजीपी नियुक्त गर्ने निर्णय तत्काल पुनर्विचार गर्न अभियानले माग गरेको छ।
‘नेपाल प्रहरीको संस्थागत मर्यादा, व्यावसायिक स्वतन्त्रता र विधिको शासनको सम्मान गर्दै मन्त्रिपरिषद्को उक्त निर्णय तत्काल पुनर्विचार गर्न नेपाल सरकारसँग हाम्रो संगठन जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया