शुक्रबार, २० नोभेम्बर २०२६

प्रधानमन्त्रीसँग भारत जाने ३४ जनाको टोली, ५२ जना व्यवसायी आफ्नै खर्चमा जाने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

आइबार भारत जाने प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमण टोलीमा ३४ जना प्रतिनिधिहरू हुने भएक छन्। त्यसमा दुईजना मन्त्रीहरू पनि सामेल हुनेछन्। यसअघि चार जना मन्त्रीहरू राखिएकोमा प्रधानमन्त्रीले दुई जनामात्रै लैजाने भनेका हुन्। परराष्ट्र सचिव अमृत राईका अनुसार ३४ सदस्यीय प्रधानमन्त्रीको औपचारिक भ्रमण दलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँगै भारत जानेछन्। आइतबार अपराह्न १:४५ बजेको उडानमार्फत दिल्ली जाने प्रधानमन्त्री शाह सोमबार साँझ ६:३५ मा नेपाल फर्किसकेका हुनेछन्। प्रधानमन्त्रीको यो भ्रणमटोलीसँगै नेपालका ब्यापारी-व्यवसायीहरुको प्रतिनिधिमण्डल पनि भारत जाने भएको छ। नेपाल भारतका व्यवसायीबीच हुने छलफलमा उनिहरूले सहभागिता जनाउने छन्। परराष्ट्र मन्त्रालयका अनुसार व्यवसायीहरुको टोलीमा ५२ जना हुनेछन्। उनिहरूले भ्रमण खर्च भने आफैं ब्यहोर्नेछन्। प्रधानमन्त्रीको भारत भ्रमणबारे शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिएको हो। यो भ्रणमलाई स्वीकृत गर्नका लागि आजै मन्त्रिपरिषदको बैठक पनि बस्दैछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!