ज्योति देवकोटा
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कर्मचारीहरूबीच कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्ने होडबाजी चलिरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा उनले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका हुन्।
उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित हुनका लागि प्रतिस्पर्धा गर्न अन्यथा सरकारले लगाम लगाउने चेतावनीसमेत दिए।
उनले भने, ‘कर्मचारी साथीहरूलाई पनि हेर्छु बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ। यसले समाजलाई कहीँ पुर्याउँदैन। साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं- मेरो आग्रह छ। यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठीक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ। काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो। यसमा तपाईंहरूको पनि ध्यान जाओस्,’ उनले भने।
त्यस्तै उनले नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी ऐनको व्यवस्था गर्ने बताए।
उनले भने, ‘सरकारले नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्ने कार्य सदैव प्राथमिकतामा राखेको छ। नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक हाल राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस भएको छ। यस विधेयकलाई प्रतिनिधि सभाबाट पास गराई ऐनको रुप दिने काम मेरो उच्च प्राथमिकता रहेको छ।’
उनले सरकारमार्फत फन्डको प्रयोग गरी गरीब, निमुखा जनताहरूको लागि सोलारको व्यवस्था गर्न सके आय आर्जनको बाटो बन्ने पनि बताए।
यसका साथै उनले नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी कार्यहरूको स्तरोन्नती गर्नुपर्ने पनि बताए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया