बिहिबार, १६ जुलाई २०२६

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट घरमै

थपलियालाई शुक्रबार आयोगका पदाधिकारी एवं कर्मचारीहरूले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेका छन्।  बिदाइ कार्यक्रममा प्रमुख आयुक्त थपलियालाई आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो प्रदान गरेका थिए। कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गरेका थिए। थपलिया संविधानको धारा २४५ बमोजिम ०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए। बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर-म्याडमहरू अब सडकमा रमिता नदेखाउनुस्- रामकुमारी झाँक्री

‘सर/मेडमहरू अब विद्यालयमा फर्कनुस्। आफ्नो जिम्मेवारी बहन गर्नुस्। सरकार र संसदलाई विश्वास गर्नुस्’ उनले भनेकी छिन् ‘जिम्मेवार नेता साथीहरू! ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईंकै खुट्टामा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘देउवा नै प्रधानमन्त्री हुनुपर्थ्यो’, प्रचण्ड भन्छन्- अब यो सरकार आफ्नै बोझले ढल्छ

कपिलवस्तुमा पार्टीको तराई-मधेस जागरण अभियान अन्तर्गत भएको सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यो संख्याको बलमा आफूलाई हटाए पनि ठूलो दलको हैसियतले नेपाली काँग्रेसका सभापति देउवा नै प्रधानमन्त्री हुनुपर्थ्यो भनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘फेसबुक, ट्वीटरले सरकारलाई नै टेरेनन्, अब दर्ता गरेरमात्रै चल्न दिइन्छ’

उनले भने, ‘सामाजिक सञ्जाल विधेयक रोकिएको छ। मेटा, ट्विटर, गुगल,  टिकटकहरुले नेपालको कानुन मान्ने कि नमान्ने, नेपालको संविधान मान्नुपर्छ कि पर्दैन्, दर्ता हुने कि नहुने? उनीहरुको कन्टेनले हाम्रो राष्ट्रिय स्वाधिनताका विरुद्धमा बोल्यो भने समाजमा ठुलो प्रभाव पर्नसक्छन्। त्यसैले तिनीहरूको पनि नियमन हुनुपर्छ। त्यसले प्रेस स्वतन्त्रतालाई खोंस्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नाच्दै-गाउँदै आन्दोलनमै छन् शिक्षकहरू, १२ कक्षाको परीक्षा सरेको हो?

सरकारले शिक्षा ऐन पारित गर्नकै लागि भनेर वैशाख १२ गते संसदको बैठक बोलाएको छ र शिक्षकहरूलाई घर फर्किन भनेको छ। तर शिक्षकहरूले आफूहरूलाई फेरि झुक्याएर रित्तो हात पठाउने षड्यन्त्रमा लागेको भन्दै ऐन जारी नभएसम्म आन्दोलनमै रहने जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी सभापति रविसँग सहमतिमा सहमहामन्त्री पदबाट राजीनामा दिए–सुमना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेर आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएको प्रस्ट्याएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्डको प्रतिवद्धताः ०८४ अघि सरकारमा गएर फेरि अर्को गल्ती गर्दैनौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ०८४ सम्म सरकारमा गएर फेरि अर्को गल्ती नगर्ने बताएका छन्। हुलाकी राजमार्ग केन्द्रीत जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले जनतामा फेरि माओवादीप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने बताए। उनले भने, ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ। सरकारमा चाहिँ ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ। सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ। बिल्कुल होइन।’ कुर्सीका लागि आफूलाई कुर्सीका लागि जेपनि गर्न तयार हुने भन्दै लाग्ने गरेको आरोपको पनि खण्डन गरेका छन्। उनले आफू कुर्सीका लागि मरिहत्ये गर्ने भए आफ्नो कुर्सी नै नजाने पनि टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

सुमनाको राजीनामापछि रविलाई शाहीको सान्त्वना, भनेः सुखमा मात्रै साथ दिने स्वार्थी हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएपछि रास्वपाभित्र फुटको संकेत देखिएको छ। उनको राजीनामापछि राजनीतिक वृतमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन्। यस्तैमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रवि लामिछानेलाई सान्त्वना दिएका छन्। शाहीले बिहीबार सामाजिक सञ्जालमार्फत सुमनालक्षित गर्दै सुखमा मात्र साथ दिने स्वार्थी हुने भन्दै लामिछानेलाई ट्याग गरेका हुन्। उनले भनेका छन्, ‘दुःखमा साथ दिने साथी हुन्छ। सुखमा साथ दिने स्वार्थी हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। चैत ५ गतेदेखि रिक्त एआईजीमा एक महिना ढिला गरी सिफारिस गरिएको हो। एआईजी बढुवा हुनेमा चन्द्रकुवेर खापुङ पहिलो नम्बरमा छन्। त्यसपछि क्रमशः लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी सिफारिस भएका छन्। उनीहरूलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्। राप्रपाका नेताहरू रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाई गर्न उनले सरकारसँग माग गरेका हुन्। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउँदै लिङदेनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने  र रिहाइका लागि कानूनी एवम राजनीतिक दुवै लडाईंलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

द्वन्द्वपीडितको पीडा बुझेका छौं, जेल-नेल भोगेर आएकाले पीडा कस्तो हुन्छ हामीलाई थाहा छः ‌ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग (टीआरसी)मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरूमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरूकै कारण ढिलाई भइरहेको बताए। उनले शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा द्वन्द्वपीडितहरू सबैलाई न्याय दिने अहिलेको आयोगहरूको उदेश्य रहेको बताए। उनले आयोगमार्फत काम गरेर  पीडितहरूलाई न्याय दिएर संक्रमणकालीन न्याय दिनका लागि आयोगहरूलाई सक्रिय बनाइने र सबै पीडितहरूलाई न्याय दिइने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली काँग्रेसको जवाफ: प्रचण्डले भन्दैमा सरकार ढल्ने वा बन्ने हुँदैन

बैठकमा मन्त्रीहरूले केही प्रगती विवरण सुनाएका थिए। त्यसपछि पार्टी सभापति देउवाले अझ राम्रो फर्फमेन्स गर्न मन्त्रीहरूलाई अह्राएका थिए।  बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको गठबन्धन सरकार कसैले हल्ला चलाउँदैमा नढल्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्र बैंकले पाउँदै ‘विचौलियाले नबोकेका’ गभर्नर !

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि एमाले-कांग्रेसबीच सहमति जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको लगातारको वार्ता, छलफल र हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गभर्नरमा सहमति जुटेको बताइएको छ। अब छिट्टै नयाँ गभर्नर नियुक्ति गर्ने उनीहरूबीच समझदारी बनेको छ। यसअघि गभर्नरका लागि चर्चा थिए रहेका राजेन्द्रकिशोर क्षेत्री र डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना। तर, दुवै पार्टीको दोस्रो तहबाट व्यापक असन्तुष्टिपछि ओली-देउवा न्युट्रल व्यक्तिको नाममा सहमत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्र बैंकले पाउँदै ‘विचौलियाले नबोकेका’ गभर्नर !

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि एमाले-कांग्रेसबीच सहमति जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको लगातारको वार्ता, छलफल र हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गभर्नरमा सहमति जुटेको बताइएको छ। अब छिट्टै नयाँ गभर्नर नियुक्ति गर्ने उनीहरूबीच समझदारी बनेको छ। यसअघि गभर्नरका लागि चर्चा थिए रहेका राजेन्द्रकिशोर क्षेत्री र डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना। तर, दुवै पार्टीको दोस्रो तहबाट व्यापक असन्तुष्टिपछि ओली-देउवा न्युट्रल व्यक्तिको नाममा सहमत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीको जिम्मेवारीबाट अलग हुँदै सुमना

अब आफू प्रतिनिधिसभाको सदस्यको जिम्मेवारीमात्रै रहेर काम गर्ने र पार्टीभित्रको पद नओगट्ने भन्दै उनले राजीनामा दिन लागेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई एमालेको बुझायो आगामी ‘नीति तथा कार्यक्रम’का लागि सुझाव

नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि विषयगत सुझावहरू बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गरेका हुन्। एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले अवगत गराए। उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रीत संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरू पनि कार्यान्वयनका आउन बाँकी रहेको आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीसँग माओवादी केन्द्रका नेताहरूको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपा (माओवादी केन्द्र)का नेताहरूले भेटवार्ता गरेका छन्। माओवादीको वन, वातावरण तथा जलवायु विभागका नेताहरूले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा ‘सगरमाथा संवाद’ तय भएकामा स्वागत गर्दै कार्यक्रमको लागि सहमतीय साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष ओलीलाई भेटेर सो विभागका नेताहरू माधव सापकोटासहितको टोलीले कार्यक्रमका लागि विगतमा भएका प्रयाससमेतलाई आधार मानेर साझा अवधारणा ल्याउन आग्रह गरेको हो। प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र पक्षले विचारभन्दा माथि उठेर यसलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै यस्ता राष्ट्रिय महत्वका कार्यक्रममा सरकारमा भएका पार्टीको मात्रै पक्षधरता हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस ‘बा’को पार्टी होइन्, हाम्रोमा कोही पनि ‘भीम रावल’ बन्दैन

कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी ‘बा’को पार्टी नभएकोले फरक मत र आलोचना गर्न पाइने टिप्पणी गरेका छन्। बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उनले सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसमा एमालेजस्तो प्रश्नमा निषेध नरहेको जिकिर गरे। उनले भने, ‘प्रश्न पनि गर्नुपर्छ। कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ। यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ। कसैले लिएर जाँदैन। यहाँ कोही भीम रावल बन्दैन। किनकी यो कांग्रेस हो। यो हाम्रो पार्टी हो, बा को पार्टी होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको व्यंग्यः प्रधानमन्त्रीले ‘हिजो बेलुकीसम्म गठबन्धन नटिक्लाजस्तो थियो, आज बिहानैदेखि टिक्ने भयो’ भन्नुपर्‍या छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो अनुभवले नेपालमा कुनै पनि गठबन्धनको सरकार राम्रोसँग चल्न नसकेको बताएका छन्। कांग्रेसको बारा क्षेत्र नम्बर ३ ले बुधबार गरेको क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेका प्रत्येक गठबन्धनका प्रधानमन्त्रीहरूले दिनमा एक पटक ‘सरकार टिक्छ’ भन्नुपर्ने अवस्था आएको बताए। उनले नेपालको ८/१० वर्षको अनुभवले चुनावअघि वा चुनावपछिका कुनै पनि गठबन्धन राम्रोसँग चल्न नसकेको देखिएको अनुभव सुनाए। उनले भने, ‘प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई-तीन पटक मेरो सरकार टिक्छ, टिक्छ भन्नैपर्छ, जति बलियो भए पनि। हिजो बेलुकीसम्म नटिक्लाजस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भनेर भन्नुपर्छ, यस्तो पनि सरकार हुन्छ हाम्रो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाको अघि बाबुरामले भनेः म ‘कांग्रेस-कम्युनिष्ट’ दुइटै गुण भएको नयाँ मान्छे हुँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन्। बुधबार कांग्रेसका नेता स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिष्ट दुवै भएको बताएका हुन्। ‘शेरबहादुरजी लगायत साथीहरूलाई सुनाउन चाहान्छु, म त सामान्तवाद निरङ्कुसता राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म कांग्रेस निकट रहें,’ उनले भने। कांग्रेस र कम्युनिष्टहरू भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै उनले कांग्रेस र कम्युनिष्टहरूले लिएको विचार अपुरो भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं