शिक्षामन्त्रीको राजीनामाप्रति शेखर कोइरालाको गम्भीर चासो
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षकहरूको आन्दोलनबारे चासो व्यक्त गरेका छन्। स्वास्थ्यका कारण केही दिनदेखि घरमै आराम गरिरहेका कोइरालाले मंगलबार बिहान शिक्षक महासंघका प्रतिनिधिहरूसँग पनि कुराकानी गरेका थिए। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले डा. कोइरालासँग कुरा गर्दै शिक्षामन्त्रीको राजीनामा आफूहरूको माग नभएको र शिक्षा ऐन जारी नहुँदासम्म आफूहरू नफर्किने बताएका थिए। त्यसक्रममा घिमिरेले शिक्षामन्त्री शिक्षकहरूका मागप्रति सकारात्मक भएको भन्दै प्रधानमन्त्री ओलीकै बद्नियतका कारण शिक्षामन्त्रीको राजीनामा आएको हुनसक्ने कोइरालासँग भनेका थिए। त्यस्तै घिमिरेले तत्काल ऐन जारी गर्ने वातावरण मिलाउनका लागि कोइरालाको साथ पनि मागेका थिए।
बिएल संवाददाता - काठमाडौं