सोमबार, १३ अक्टोबर २०२५

मधेश सरकारमा पठाउन कांग्रेसले टुंग्यायाे ४ जनाको नाम

आइतबार बसेको कांग्रेस मधेश संसदीय दलको बैठकले प्रदेश सरकारमा पठाउन ४ जनाको नाम टुंगो लगाएको हो। कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संविधानका केही विषयलाई सुधार गर्नुपर्ने भएकाेले कांग्रेस-एमालेबीच सहकार्य भयाे’

देश आर्थिक रुपमा संकटमा रहेको, संविधानका केही विषयलाई सुधार गरेर अगाडि जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन्। पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफूहरु सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै उनले प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेचन झा पक्राउ परेपछि एमाले बेचैन भएर परपर भाग्यो: माओवादी

आइतबार प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै सापकोटाले भने, ‘प्रधानमन्त्रीले गृहमन्त्रीले फेरि भुटानी शरणार्थीकाे फाइल खोल्न थाल्नुभयो। बेचन झा पक्राउ परे’, उनले भने, ‘सरकारले भ्रष्टाचारका फाइल यसरी खोल्न थालेपछि एमाले बेचैन भएर परपर भाग्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालको दोकान बन्द भयो: महेश बर्तौला

‘मुख्य कुरा माधव नेपालहरुको संसदकाे गणित देखाएर जे बार्गेनिङ गरेर सरकार आजै ढाल्दिन्छु, भालि ढाल्दिन्छु भनेर जे बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, दोकान, व्यवसाय चलाउँदै हुनुहुन्थ्यो। माधव नेपालको दोकान समाप्त भयो’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी सांसदले भने- कसैले चाहँदैमा प्रधानमन्त्रीकाे राजीनामा आउँदैन

‘सरकारलाई समर्थन दिएकाे राजनीति दलले विश्वासकाे मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले एक महिनाभित्र विश्वासकाे मत लिने संवैधानिक प्रावधान छ। संवैधानिक प्रावधानअनुसार नै सम्माननीय प्रधानमन्त्रीज्यूले यही २८ गते विश्वासकाे मत लिने निर्णय गरिसक्नुभएकाे छ’, उनले भने, ‘यसै सन्दर्भमा संवैधानिक प्रावधानअनुसार विश्वासकाे मत लिन खाेज्नुभएकाे के अनैतिक हुनु हाे? कसैले चाहँदैमा राजीनामा आउँदैन। तपाईंहरूकाे इच्छाले राजीनामा प्राप्त हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा एमालेले माग्याे प्रधानमन्त्री प्रचण्डकाे राजीनामा

‘वर्तमान सरकारले सामान्य मत मात्र हाेइन, बहुमत गुमाएकाे छ। बुहमत गुमाएकाे सरकार पदमा रहिरहने कुरा साेभनीय हुँदैन, त्याे अनुचित हुन्छ’, उनले भने।  एमालेका प्रमुख सचेतकसमेत रहेका बर्तौलाले प्रधानमन्त्रीलाई नेपाली काँग्रेस र एमालेबीचकाे नयाँ राष्ट्रिय सरकार निर्माणकाे अभियानलाई सहयाेग गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले भन्याे- प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

आइतबार बिहान संसद भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेकाे प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस संसदीय दलकाे बैठक बस्दै

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्न लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अशोक राई नेतृत्वको जसपाले फिर्ता लियाे सरकारलाई दिएकाे समर्थन

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ। शुक्रबार बसेकाे पदाधिकारी बैठकले आजकै मितिबाट लागू हुनेगरी सरकारलाई समर्थन फिर्ता लिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केन्द्रीय कमिटीबाट हटाइएपछि प्रेम आलेले भने- अब म माधव नेपालको पार्टीमा छैन

'मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईंको पार्टीमा रहँदिन भनेको थिएँ। त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु। अन्य पार्टीमा जानेबारे अहिले सोचेको छैन', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने भएका छन्। संसद सचिवालयलाई पत्र लेख्दै प्रधानमन्त्रीले २८ गतेको संसद बैठकमा विश्वासको मत लिने जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे माधव नेपाल

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्। महाधिवेशनमा केन्द्रीय कमिटी घोषणालगत्तै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपा एसले घोषणा गर्‍यो ९३ केन्द्रीय सदस्य

साविक पोलिटब्यूरो ९९ सदस्यीय भए पनि विदेशमा रहेका, शारीरिक रूपमा अशक्त भएकाहरू बाहेक गरी ९३ सदस्य समेटेर केन्द्रीय कमिटी घोषणा गरिएको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा

पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद महासचिवलाई पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

याे सरकारले संसदकाे सामना गर्ने आँट गर्नुपर्छ, हाम्राे समर्थन छ: माधव नेपाल

‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ। हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ’, उनले भने। अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने कुरालाई आफ्नो पार्टीको समर्थन रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदलाई सम्बाेधन गरेर राजीनामा दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता सहकार्य गर्ने सहमति भएपछि एमालेले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे थियाे। एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका छन्। प्रधानमन्त्रीले एमालेले समर्थन फिर्ता लिए पनि राजीनामा नदिने र विश्वासकाे मत लिने अडान लिएका थिए। तर एमाले र कांग्रेसले सत्तायात्रा गर्ने सहमति आ-आफ्नाेतर्फबाट अनुमाेदन गरेपछि प्रचण्ड राजीनामा दिनुपर्ने दबाबमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुराना दलकाे ठाउँमा रास्वपा बस्ला तर जनताकाे जीवनमा कुनै परिवर्तन आउने छैन- मुकुल ढकाल

३८ जिल्लाका २०७९ नेता/कार्यकर्तालाई भेटेर तयार पारेकाे प्रतिवेदनमा ढकालले कुर्सीमा राजाकाे ठाउँमा राष्ट्रपति बसेजस्तै रास्वपा पुरानाकाे ठाउँमा बस्ने तर जनताकाे जीवनमा परिवर्तन नआउने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं