आइतबार, १२ अक्टोबर २०२५

एकीकृत समाजवादीमा नेपाल अध्यक्षमा र भुसाल महासचिवमा सर्वसम्मत

नेकपा एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ। बिहीबार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई सम्मानित नेतामा सर्वसम्मत चयन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाउँदै सरकारबाट एमाले बाहिरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ। सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस र एमालेले दलीय सिण्डिकेट लागू गर्न खोज्याे: प्रभु साह

उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको उल्लेख गर्दै अहिले त देशमा अधिनायकवादी चरित्र हाबी हुँदै दुई दलीय सिण्डिकेट लाद्न खोजिएको आराेप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गगन थापाले आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा २ सिट जित्यौँ’

‘गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो,’ उनले लेखेका छन्, ‘नतिजाले काठमाडौँ ०४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरूले बुझाए राजीनामा

बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएकाे एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए। यसका साथै एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ: महासचिव भुसाल

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस-एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुल ढकालको विवादित ‘प्रतिवेदन’ सार्वजनिक गर्दै रास्वपा

‘अहिले पदाधिकारी बैठक बसिरहेको छ। सानो छलफलमा छौँ। एकैछिनमा त्यो प्रतिवेदन मिडियामा ल्याउँछौँ,’ उनले भने। तर निलम्बित महामन्त्री ढकालले आफूले तयार पारेको प्रतिवेदन हुबहु सार्वजनिक हुनेमा आशंका व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले बोलायो संसदीय दलको बैठक, एमालेसँगकाे सत्ता सहकार्यबारे छलफल गर्ने

संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शनिबार अपरान्ह ३ बजे बस्नेगरी बैठक बोलाएको हाे। नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थितिबारे छलफल गर्ने बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेकाे ध्यानाकर्षण

संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपाल एकीकृत समाजवादीकाे अध्यक्षमा सर्वसम्मत (भिडियाे)

एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्षसमेत रहेका नेता सुदेश पराजुलीले महाधिवेशनले नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे बताएका हुन्। ‘सर्वसम्मत, सेन्ट-परसेन्ट, हलकाे अनुमाेदन माधवकुमार नेपालकाे नेतृत्वमा भएकाे छ र अरु विकल्प पनि छैन’, पराजुलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको अस्थिर चरित्रका कारण नयाँ गठबन्धन बन्यो: गगन थापा

कांग्रेस-एमालेको गठबन्धन बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताउँदै उनले चार महिनामै लसपस गर्नुपर्ने कुनै कारण नभएको टिप्पणी गरे। उनले प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेकाेले उनले छिटोभन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अल्पमतमा परेका प्रचण्ड किन चाहँदैनन् राजीनामा दिन?

प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका हुन्। संविधानमा धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले संसदको ठुलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने धारा ७६ को उपधारा ३ मा व्यवस्था रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामा नदिएर के गर्न चाहन्छन् गृहमन्त्री लामिछाने?

नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष राजनीतिक नेतृत्वसँग कनेक्सन भएका बेचन झा पक्राउ परेपछि नेपाली काँग्रेसभित्र तरङ्ग फैलिएको थियो। झा तिनै पात्र हुन्, जसले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेका कतिपय व्यक्तिको निद हराम गर्न सक्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ गठबन्धनबारे छलफल भइरहेककाे छ, छिट्टै बैठक बसेर निर्णय गर्छाैं: जसपा

जसपाका अध्यक्ष अशोक राई अस्वस्थ भएकाे कारणले निर्णय गर्न ढिलाइ भएकाे महासचिव राईले बताए। ‘अध्यक्षज्यू अस्वस्थ हुनुभएकाे कारणले गर्दा निर्णय गर्न ढिलाइ भएकाे हाे। आजै साँझसम्म वा एक/दुई दिनभित्र पदाधिकारी बैठक बसेर नयाँ गठबन्धनबारे निर्णय गर्छाैँ, उनले भने।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निशा डाँगीले भनिन्- महामन्त्रीमाथि कारबाही गर्ने निर्णयमा मैले पनि हस्ताक्षर गरेकी छु

‘सञ्चारमाध्यममा ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले लेखेकी छन्, ‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उहाँ सरकारमा हुँदा ‘कसरी प्रतिवेदनहरु लुकाइन्छ’ भन्ने देखेर बाेल्न बाध्य भएँ- मुकुल ढकाल

बुधबार पार्टी केन्द्रीय समितिकाे बैठकले सात दिनका लागि निलम्बन गरेसँगै ढकालले पार्टीमा भएका सत्य कुरा बाेल्दा आफूलाई कारबाही गरिएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट निलम्बित

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकीकृत समाजवादीमा कुन प्रदेशबाट कति केन्द्रीय सदस्य बन्दै छन् ?

नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक गरेको छ। काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ