लुम्बिनीमा मन्त्रिपरिषद् गठन, मुख्यमन्त्रीसहित चार जनाले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्। महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दीपेन्द्र पुनले मन्त्री पदको शपथ लिएका छन्।
बिएल संवाददाता - बुटवल