‘जसले जैविक विविधता बचाएको छ, उसलाई दिनदहाडै गोली हानेर हत्या गरियो’
पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागी एक जनाको मृत्यु भएको घटना संसदमा प्रवेश गरेको छ। जेठ ७ गते पर्सा राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको सेनाको टोलीले हानेको गोली लागेर हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको थियो।
बिएल संवाददाता - काठमाडौँ