सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेतालाई ४ करोड बढी जरिवाना
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिनष्ट पार्टी (माओवादी केन्द्र) का नेता रेवतराज पुरी (गगन) लाई चार करोड तीन लाख ३४ हजार जरिवाना हुने फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज सजाय निर्धारण गरी नेता पुरी र निजकी श्रीमती सीमा भनिने केशावती पुरीलाई रु चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिवाना सुनाइएको हो।
बिएल संवाददाता - काठमाडाैँ