शुक्रबार, १० अक्टोबर २०२५

कांग्रेसको केन्द्रीय कार्यालय फराकिलो पारिँदै, १३ करोडमा १९ आना जग्गा खरिद

नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र त्यसमा निर्मित तीन तले घर खरिद गर्ने निर्णय भएको हो। उक्त जग्गा र घर ललितपुर निवासी अमिरमान अमात्यको स्वामित्वमा थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किशोरी बलात्कार मुद्धामा माओवादीका युवा कमाण्डर पक्राउ

बलात्कार आरोपमा नेकपा (माओवादी केन्द्र)को युवा दस्ता संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)का नेता रेशम क्षेत्री पक्राउ परेका छन्। रुकुम पश्चिमको चौरजहारी घर भएका क्षेत्री वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज हुन्। उनलाई रुकुम प्रहरीले बिहीबार राति सानीभेरी गाउँपालिकास्थित एक होटेलबाट पक्राउ गरेकोह हो। उनीविरुद्ध आजै अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ

पुरानो बसपार्कमा निर्माणाधिन ‘काठमाडौं भ्यू टावर’का ठेकेदार व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन्। भेटवाललाई शुक्रबार बिहान अनामनगर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री राणा इटली प्रस्थान

परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार इटली प्रस्थान गरेकी छन्। राजधानी रोममा जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन एफएओको ४४औं सम्मेलनमा भाग लिन मन्त्री राणा त्यसतर्फ प्रस्थान गरेकी हुन्। परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र पराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरू र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मजदुर नेताहरूसँग प्रचण्डको गुनासोः ‘लिडरसिप’लाई घेराबन्दी गर्न लागेका छन्, बुझिदिनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनको अवरोध खुलाउन एमालेसँग गरेको सहमतिलाई माओवादीकै नेताहरूले कुरै नबुझी प्रतिक्रिया दिएको भन्दै दुःखेसो पोखेका छन्। बिहीबार पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विद्यालय ऐन, निजामती, नागरिकता  लगायतका विधेयकहरू पास गर्नुपर्ने बाध्यताका कारण सदन खुलाउन पहल गरेको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीदेखि गगनसम्मलाई गालीको निशाना बनाएकी टिकटकर बस्नेतलाई धरौटीमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले सामाजिक सञ्जालमार्फत राजनीतिज्ञहरूलाई गालीगलौज गरेको र मानहानी गरेको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेतलाई धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेको हो। बुधबार सरकारी वकिलको कार्यालयले बस्नेतविरुद्ध अनुसन्धान सकेर एक लाख जरिवाना वा ५ वर्षसम्मको कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेपत्ता आयोगकी अध्यक्षको गुनासोः नियमावली नहुँदा ‘फिल्ड’मा जान सकिएन

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले नियमावलीको अभावका कारण काममा गति दिन नसकिएको बताएकी छन्।  बिहीबार काठमाडौमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आयोग फिल्डमा गइहाल्ने अवस्था नभएको भन्दै नियमावली नहुँदा कामको गति रोकिएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्यास र फलाम खानी पत्ता लागेपछि शंकरले भनेः एमालेले अब राष्ट्र निर्माणको अभियान छेड्यो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवालाई विदेश पलायनबाट रोक्नु आजको प्रमुख चुनौती भएको बताएका छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै पोखरेलले नेपाली युवा बाध्यताले मात्र विदेश गएका नभई विदेश जाने रहर पनि भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेङ्गी नियन्त्रण प्रभावकारी बनाउँन सांसद पौडेलको माग

राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डेङ्गी रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बैठकमा पौडेलले स्वास्थ्य सेवा विभागका अनुसार २०८१ पुस १८ देखि हालसम्म एक हजार चार सय तीन जना डेङ्गी संक्रमित भएका तथ्याङ्क प्रस्तुत गर्दै महामारीको सम्भावनालाई समय हुँदै नियन्त्रण गर्न माग गरेका हुन्। सांसद् पौडेलले हरेक दिन एक/दुई जना डेङ्गी संक्रमित उपचारका लागि आउने गरेको र संक्रमण ७३ जिल्लामा फैलिसकेको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४७ करोडको बजेट

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ। मंगलबार महानगरपालिकाको सातौं नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरिन्। उनले यस वर्षको बजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

‘टेक एन्ड पे’ राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला जस्तो लागेर हटाइयो’- ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।  उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो, हटाइयो।’ सोमबार सत्ता पक्षका शीर्ष नेताहरूबीचको छलफलबाट ‘टेक एण्ड पे’ हटाउने निर्णय भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक’ बहुमतले पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो। त्यस्तै, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको दाबीः आलोचना र टिप्पणी जे गरेपनि बजेट सन्तुलित छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी  जसो गरे पनि बजेट सन्तुलित विकास हुने गरी ल्याइएको दाबी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले प्रस्तुत बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेपनि लागिरहेको छुः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन्। मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने जसपा नेपालकाे निर्णय

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानमा १६ नेपाली, ५ जना जेलमा

परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिने क्रममा उनले इरानमा १६ जना नेपाली रहेको बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जब कान्छारामले दुई उप्रधानमन्त्रीलाई ०८४ को निर्वाचनपछि संसदमै देख्न नपरोस् भने…

सत्तारु‌ढ कांग्रेसकै सांसद पूर्णबहादुर तामाङले संसदको रोस्ट्रमबाटै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआउन् भन्दै प्रार्थना गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद तामाङले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ-आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रीत गरेको भन्दै कान्छारामले चर्को विरोध जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खाली खुट्टा हिँडेर आएका बोहोराले पाँच दिनपछि पाए प्रधानमन्त्रीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले भेटवार्ता गरेका छन्। बोहराले आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं