
रास्वपाको अवरोधपछि प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार केही मिनेट बसेर स्थगित बैठक सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि स्थगित गरेका हुन्। मंगलबार नै साढे ४ बजेपछि बस्ने सूचना टाँस गरिएको बैठक दलहरूबीच सहमति नजुटेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो।

बिएल संवाददाता - काठमाडौं