
कारागार चलान भए रवि लामिछाने
बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा जिल्ला अदालतको धरौटीमा छोड्ने निर्णय उल्ट्याउँदै शुक्रबार उच्च अदलतको बुटवल इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

बिएल संवाददाता - काठमाडाैं
बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा जिल्ला अदालतको धरौटीमा छोड्ने निर्णय उल्ट्याउँदै शुक्रबार उच्च अदलतको बुटवल इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुन चाँही महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो। आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। भइरहेको छ। त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ। आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ।
बिएल संवाददाता - काठमाडाैं
एसईईलगायत सबै कक्षाका वार्षिक परीक्षाहरू सकिएका छन् र अब उत्तर पुस्तिका परीक्षण तथा नतिजा प्रकाशनको काम हुन्छ। त्योसँगसँगै वैशाखदेखि नयाँ शैक्षिक शत्रका कामहरू सुरु हुन्छन्। विद्यार्थी भर्नादेखि शैक्षिक शत्रका अभियानहरू पनि यही बेलादेखि सुरु हुन्छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ। सोमबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदैछ। शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई सोमबार रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने छ।
बिएल संवाददाता - काठमाडौँ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन्। आइतबार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन्। ‘लोकतन्त्रको अनुभव भएको छैन। भोली सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्ने खालको स्थिती छ। अब, मलाई त त्यो हुन्छ भने सर्वसाधारण जनताले मन्त्रीलाई भेट्न सक्छ?’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र ल्याउन गरिएको सहमतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि मात्र जोडिन आएको दाबी गरेका छन्। एकीकृत समाजवादीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा सम्बोधन गर्दै नेपालले यस्तो दाबी गरेका हुन्। उनले आफू (तत्कालिन नेकपा एमालेको महासचिव) र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग देशमा गणतन्त्र ल्याउने सहमति गरेको दाबी गरेका हुन्। आफूहरूले सहमति गरेपछि मात्र प्रचण्ड आएको बताए।
बिएल संवाददाता - काठमाडौं
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन्। राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए। माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गरे। ‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले भने, ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं।’
बिएल संवाददाता - काठमाडौं
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध उनका समर्थकहरूले आन्दोलन जारी राखेका छन्। २०७८ साल साउन २५ गते नियुक्त भएका घिसिङको कार्यकाल आगामी साउन २५ गते सकिँदै थियो। तर, साढे चार महिना कार्यकाल बाँकी छँदै सरकारले उनलाई हटाएको भन्दै समर्थकहरू सडकमा आएका हुन्। आइतबार माइतीघरमा कुलमानका समर्थकहरूले विरोध प्रर्दशन गर्दै, आउने ०८४ को चुनावमा घिसिङलाई प्रधानमन्त्री बनाएर देखाउने भन्दै सरकारलाई चुनौती दिएका छन्। प्रदर्शनमा सहभागी मष्टो धर्म संरक्षक समितिका अध्यक्ष थर्कबहादुर बस्नेतले आगामी ०८४ मा प्रधानमन्त्री कुलमान घिसिङलाई नै बनाउनपर्छ भन्ने उद्देश्यकासाथ आफूहरू अघि बढेको बताए। कुलमानलाई बर्खास्त गरेको सरकार अब आफैं बर्खास्त हुने चेतावनी समेत उनले दिए।
बिएल संवाददाता - काठमाडौं
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले गहन अध्ययन र विश्लेषण नहुँदा समाज अराजक बन्दै गएको बताएका छन्। रामेछापमा आइतबार आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालको योगदान विषयक वृहत विचार गोष्ठीमा बोल्दै डा. केसीले अहिलेको समाज सामाजिक सञ्जालको पछाडि दौडिएको बताए। त्यसकै प्रभाव स्वरूप विदेश जाने एक खालको भूत युवा जमातमा चढेको उनको विश्लेषण छ। केसीले नेपालमा राम्रो रोजगारी भएका मानिसमा समेत विदेश जाने अचम्मको लालसा बढेको बताए। युवा पुस्तामा चाहना र आवश्यकता अति महत्त्वाकाङ्क्षी भएको कारण विदेशको मोह बढेको उनको ठम्याइ छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल मेडिकल कलेज, जोरपाटीका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। आइतबार श्रम शोषणविरुद्ध उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए। आन्दोलनरत डा. राजु चौधरीले मन्त्रिपरिषदबाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए। उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए। उनले भने, ‘मन्त्रिपरिषदबाट नै पास भइसकेका कुरा अर्थात न्यूनतम तलब ४८ हजार निजी मेडिकलहरूले लागू गरिरहेका छैनन्। त्यसैका विरुद्धमा हाम्रो शान्तिपूर्ण विरोध हो। अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरु राख्ने परिस्थिति छ। यसले हामीलाई चिन्तित बनाएको छ। सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैन भन्नेजस्तो भयो। माग सम्बोधन नभएसम्म हामीले सडकमै हुनेछौं।’
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न कांग्रेसको अफर आएको स्वीकार गरेका छन्। उनले कांग्रेसबाट एक वर्षको लागि प्रधानमन्त्रीको अफर आएपछि लामिछाने हतारिएर कांग्रेसको जालमा फस्न लागेपछि आफैंले रोकेको दाबी गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले रवि प्रधानमन्त्रीका लागि हतारिएपछि आफूले संविधानको प्रावधान देखाएर त्यसलाई रोक्नुपरेको खुलासा गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
विश्व हिन्दु महासंघका सदस्य एवं कलाकार मदनदास श्रेष्ठले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा रामनवमी पर्व र हिन्दु महासंघको ४५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले विश्वभरका छरिएर बसेका सनातन हिन्दु समाजलाई एकताबद्ध गर्ने अभियानमा महासंघ जुटेको भन्दै सबैलाई यसमा जोडिन आग्रह गरेका हुन्। उनले भने, ‘विश्व हिन्दु महासंघ नेपाल अधिराज्यभर र विश्वभरका छरिएर बसेका ओमकार परिवार र सनातन हिन्दु समाजलाई एकताबद्ध गर्न, हिन्दु धर्मको संरक्षण, संवर्द्धन गर्न साथै विकासका लागि महासंघले काम गरिरहेको छ। सबैजना एक साथ एक मन-तन भएर पुनः नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा जुट्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्। विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेपछि डा. कोइरालाको यस्तो प्रतिक्रिया आएको हो। ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घबीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ डा.कोइरालाले सामाजिक संजालमार्फत भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाहरूले निर्माण गरेका सम्पदाहरूको महत्वलाई बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। आइतबार ललितपुरमा देगुतलेजु मन्दिरको पुनर्निर्माण तथा जिर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उनले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले सम्पदाहरूको महत्वलाई बढाउनुपर्ने बताएका हुन्। उनले भने, ‘संस्कृति र सम्पदामा हामी आज गौरव गर्ने अवस्थामा छौं। हाम्रा पूर्खाहरूले निर्माण गरेका सम्पदाहरूको महत्वलाई हामीले कसरी बढाउन सकिन्छ त्यो गर्नुपर्ने आवश्यक छ।’
बिएल संवाददाता - ललितपुर
सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि सांघातिक आक्रमण भएको छ। उनी माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता हुन्। शनिबार राति उनीमाथि अपरिचित समुहले सांघातिक आक्रमण गरेको माओवादीका नेताहरूले बताएका छन्। ठगुन्नाको अनुहार र शरीरका केही भागमा चोट लागेको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश मल्लले ठगुन्नामाथि आक्रमण गर्नेहरूलाई कडा कारबाहीको माग गरेका छन्।
बिएल संवाददाता - भक्तपुर
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र सम्वर्द्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन्। पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताएका हुन्। उनले भने, ‘भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवर्द्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयन सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो।’
बिएल संवाददाता - ललितपुर
स्वत:फूर्तरूपमा सडकमा निस्किएका अमेरिकी नागरिकको यो अभियानलाई ‘ह्यान्ड्स अफ’ भन्ने नाम दिइएको छ। यसको मतलव ट्रम्प र उनको मस्क प्रशासनले आम नागिरकको मामिलामा दखल नदेउ भन्ने हो। ट्रम्प प्रशासन सुरुवातादेखि नै कैयौं विवादित, जोखिम र चुनौतीपूर्ण निर्णयहरू गरिरहेको छ। आप्रवासीसँग निकै निर्मम भइरहेको ट्रम्प प्रशासनले अमेरिकी मूलकै नागरिकसमेत प्रभावित हुनेगरी कैयौं निर्णयहरू गरिरहेका छ
बिएल संवाददाता - काठमाडाैं
यो भनेको अब कुनै पनि शैक्षिक गतिविधिहरूमा शिक्षक सहभागी हुने छैनन्। एसईईलगायत भर्खरैमात्र सबै कक्षाका वार्षिक परीक्षाहरू सकिएका छन्। अब उत्तर पुस्तिका जाँच्ने र नयाँ शैक्षिकशत्र सुरु हुने भएका छ। यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ। यसबाट आगामी असार पहिलो साता प्रकाशित गर्ने भनिएको एसईईको नतिजासमेत प्रभावित हुनसक्छ। नयाँ शैक्षिकशत्रका कार्यक्रमहरू पनि प्रभावति हुनेछन्।
बिएल संवाददाता - काठमाडाैं
ती हातहतियार कहाँ र कसको नियन्त्रणमा छन् भन्ने यकीन भने छैन। तर संयुक्त राष्ट्रसंघ लगायत केही सुपरिवेक्षक संघसंस्थाहरूले ती हतियार तालिबानको नियन्त्रणमा रहेको र केही हतियार अलकायदाजस्ता विश्व आतंककारी संगठनसम्मै पुगेको जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .