
प्रधानमन्त्री ओलीले आज बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन्।

बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन्।
बिएल संवाददाता - काठमाडौँ
थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका तानाशाही सैन्य शासक मिन आङ हाइङबीच बैंककमा भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीसँग म्यान्मारको स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्षसमेत रहेका हलिङसँग साइडलाइट भेटवार्ता भएको हो। उनीहरूबीच दुईपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका थप बलियो बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन्। बिहीबार राप्रपा नेपालका प्रवक्ता स्व. वसन्तमान सिंह अधिकारीको १३औं दिनको पूण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले अहिले गणतन्त्रवादीहरूले राजालाई बदनाम गरी झुटा आरोप लगाउँदा आफ्नो विचारको प्रतिरक्षाको निम्ति एकठाउँमा उभिनुपर्ने बताएका हुन्। उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरूलाई आग्रह गर्न चाहन्छु अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाप्त पार्ने जुन प्रयास भइरहेको छ त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित्त सबै राष्ट्रवादीहरू एकठाउँमा उभिनु बाहेक अर्काे विकल्प छैन।’
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा रास्वपाका सदस्य संलग्न भनेर आएका समाचार र सामाजिक सञ्जालमा आएका व्यक्तिहरू पहिले नै पार्टीबाट अलग भएको स्पष्टीकरण दिएको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले डा. राजकुमार राई, भगवती रोकालगायतका व्यक्तिहरू करिब तीन महिना अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको जानकारी दिएको हो। ‘खोटाङका कांग्रेसका पूर्वनेता रहेका डा.राजकुमार राई, भगवती रोकालगायतका व्यक्तिहरू विगत करिब तीन महिना अगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ। उनीहरू रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकाले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरूमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
बिएल संवाददाता - काठमाडौं
संसद्को हिउँदे अधिवेशन अन्त्य भएसँगै विद्यालय शिक्षा ऐनको माग गरेर शिक्षकहरूले बुधबारबाट काठमाडौं केन्द्रीत ‘अनिश्चितकालीन’ आन्दोलन सुरु गरेका छन्। यसपटक ऐन नबनेसम्म शिक्षकहरूको काठमाडौं केन्द्रीत आन्दोलन अन्त्य नहुने शिक्षक महासंघले चेतावनी दिएको छ। नेपाल शिक्षक संघ गण्डकी प्रदेशकी उपमहासचिव टिका भण्डारी न्यौपानेले सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नगरेका कारण आन्दोलनमा आएको बताइन्। उनले शिक्षा विधेयक जारी नभएसम्म र गुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यार्थीको भविष्य सुनिश्चित नगरेसम्म आफूहरू सडकबाट नफर्किने बताइन्। उनले भनिन्, ‘हाम्रो आन्दोलनको एजेण्डा एउटै मात्र छ। विगतमा गरिएका शिक्षक महासंघ र सरकारसँग भएका सहमतिहरू कार्यान्वयन होस भन्ने मात्र हो। शिक्षा क्षेत्रलाई शैक्षिक माफियाहरूको चङ्गोलमा पारेर शिक्षा क्षेत्रलाई ध्वस्त बनाउन खोजिएको अवस्था छ। ‘कि जितिन्छ कि बितिन्छ’ भनेर सडकमा आएका छौं। आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने? त्यसकारण कसैलाई बाँकी छाड्दैनौं। शिक्षा विधेयक जारी नभएसम्म र गुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यार्थीको भविष्य सुनिश्चित नगरेसम्म सडकबाट फर्किदैनौं।’
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पुनर्वहालीको माग गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले कुलमानको रिटमा अन्तरिम आदेश जारी नगरेपछि प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यले निरन्तरता पाएका छन्। इजलासले विगतमा पनि शाक्यलाई हटाएर कुलमानलाई नियुक्ति गर्दा हितेन्द्रलाई अदालतले पूनर्वहाली नगरेको नजिर दिएको छ। सोही नजिरका आधारमा कुलमानले आफूले माग गरेको अन्तरिम आदेश नपाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य र पदबाट हटाइएका कुलमान घिसिङको रिटमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा शाक्य र घिसिङको मुद्दाको सुनवाइ सकिएको हो। गत मंगरबारदेखिको निरन्तर सुनुवाइपछि बिहीबार सुनुवाइ सकिएको हो। दुवै रिटमाथि आजै आदेश आउने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार काठमाडौं महानगरमा नगर प्रहरीसँग जनप्रतिनिधि र कर्मचारीको घम्साघम्सी भइरहँदा मेयर बालेन शाहको अत्तोपत्तो लागेन। बिहानभर मेयरको खोजी भयो तरपनि पत्तो लागेन। प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश गराउँन कर्मचारीहरू चाबी खोजिरहेका थिए। बालेन भने अधिकृतको कार्यकक्षमा ताला लगाएर काभ्रेतिर हानिएको खुलेको छ। बालेन शुक्रबार नै काभ्रेको भ्रमणमा निस्किएको बुझिएको छ। यता कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षको ताला फुटाएर हाजिर गराएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताएका छन्। थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताएका हुन्। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षाको व्याख्या गर्दै मानवीय चाहना र सुखीभन्दा अर्काे ठुलो कुरा विश्वमा नहुने विचार व्यक्त गर्दै जलवायु परिवर्तनलगायतका मुद्दामा साझा प्रयासका लागि आव्हान गरे।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काकी प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका ओली र समकक्षी अमरासुरियाबीच बिहीबार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
वन तथा वातावराणमन्त्री ऐनबहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन्। बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरूसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए। उनले प्रारम्भिक क्षति मुल्याङ्कनमा करिब २८ करोडको हाराहारीमा क्षतिको विवरण आएको जानकारी दिए। उनले भने, ‘घटनापछि निरन्तर रुपमा कम्पनीको व्यवस्थापन र कर्मचारीहरूको परिस्थिति अत्यन्तै जटिल छ। हामीले त्यो बुझिरहेका छौं। अब यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मुल्याङ्कन गर्न सम्बन्धित प्राविधिकहरू, विज्ञहरू राखेर प्रारम्भिक मूल्याङ्कन गरेको छ। करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ।’
बिएल संवाददाता - काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई अगाडि बढाउने कार्यलाई अनुमोदन गरेको छ। बुधबार पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट सात दलीय मोर्चा गठन गर्ने सहमतिलाई अनुमोदन गर्ने निर्णय गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। त्यसैगरी जसपा नेपालले स्थानीय तहको अधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र भ्रातृसङ्गठनहरुका अधिवेशन/महाधिवेशनलाई सम्बन्धित पार्टी समितिलाई आवश्यक सहयोग र समन्वयमा सफल गराउन मातहत समितिलाई निर्देशन दिइएको प्रमुख बस्नेतले बताए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर पाँच बुदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्रीको राजीनामासमेत माग गरेका हुन्। राप्रपाले तीनकुने घटनासँग सम्बन्धित रहेर ध्यानाकर्षण पत्र बुझाएको हो। साथै राप्रपाले नेता रवीन्द्र मिश्र, धवल शमशेर राणालगायतलाई राज्यविरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि गरेको छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी छन्। बिहीबार वडाध्यक्षहरू र कर्मचारीसहित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गर्न पुगेकी उपमेयर डंगोलले बालेनलाई कोठामा बसेर निर्देशन दिनुभन्दा बाहिर निस्केर समस्या समाधानमा लाग्न आग्रह गरेकी हुन्। ‘यो तमासा हामीले हेर्नुपर्ने? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौं। त्यसपछि बोर्ड बैठक बस्छौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएका छन्। यतिबेला उपमेयर सुनिता डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसिरहेको छ। उपमेयर डङ्गोल वडाध्यक्ष र कर्मचारीहरूको सुरक्षा घेरामा कार्यालय प्रवेश गरेका गुरागाईंलाई स्वागत गर्न उपमेयर पनि उनको कार्यकक्ष पुगेकी थिइन्। बिदामा राखिएका अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले प्रतिरोध गरेपछि नगर प्रहरी पछि हट्न बाध्य भएको थियो।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर महानगरको कार्यालय पुगेकी छन्। वडाध्यक्ष र कर्मचारीहरूको सुरक्षा घेरामा कार्यालय प्रवेश गरेका गुरागाईंलाई स्वागत गर्न उपमेयर पनि उनको कार्यकक्ष पुगेकी हुन्। बिदामा राखिएका अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले प्रतिरोध गरेपछि नगर प्रहरी पछि हट्न बाध्य भएको थियो। यसक्रममा नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए। तर, कर्मचारीहरू र जनप्रतिनिधिहरूले ढोका नै तोडफोड गरेर उनलाई कार्यकक्ष प्रवेश गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराएका छन्। आफूले निलम्बन गरेमा अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले सुरक्षा घेराले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय प्रवेश गराएका हुन्। ५ महिनादेखि तलब नपाएपछि महानगरका कर्मचारीहरू असन्तुष्ट थिए। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको काम नै ठप्प भएको भन्दै कर्मचारीले नै प्रशासकीय अधिकृतलाई हाजिर गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई अगाडि बढाउने कार्यलाई अनुमोदन गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट सात दलीय मोर्चा गठन गर्ने सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौँ
नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पुनः सुरू भएको छ।
बिएल संवाददाता - काठमाडौँ
नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिए। उनले भने, ‘प्रहरीबाट आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको छ। गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन्। गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत छन्।’ त्यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको भनेर गलत आरोप लागेको पनि उनले प्रष्ट पारेका छन्। सामाजिक सञ्जालमा आएको उक्त भिडियो फेक भएको उनको दाबी छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .