बिएल संवाददाता
लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी)मा चोरी गर्ने योजना बनाएका ४ जना व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिएको छ।
लहान नगरपालिका–७ बस्ने विकास कुमार शारदाको जाहेरीमा सुखिपुर नगरपालिका–८ बस्ने अन्दाजी ४५ बर्षका ईन्दल भन्ने इन्द्र नारायण चौधरी लहान नगरपालिका–२२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मोन्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुले लहान नगरपालिका–७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी) मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो।
यस घटनामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
प्रतिक्रिया