बिएल संवाददाता
लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी)मा चोरी गर्ने योजना बनाएका ४ जना व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिएको छ।
लहान नगरपालिका–७ बस्ने विकास कुमार शारदाको जाहेरीमा सुखिपुर नगरपालिका–८ बस्ने अन्दाजी ४५ बर्षका ईन्दल भन्ने इन्द्र नारायण चौधरी लहान नगरपालिका–२२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मोन्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुले लहान नगरपालिका–७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी) मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो।
यस घटनामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया