बिएल संवाददाता
मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्।
मधेश प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन्।
माओवादीबाट अर्थमा भरतप्रसाद साह, पर्यटनमा समीर भट्टराई, एकीकृत समाजवादीबाट गोविन्द न्यौपाने कृषि, बेचि लुङ्गेली श्रम तथा यातायात मन्त्री छन्।
यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री रहेकी विमला अन्सारी र नागरिक उन्मुक्तिबाट श्रम तथा यातायात मन्त्री रहेकी उर्मिला देवी सिंह चौधरीले पनि राजीनामा दिन लागेका छन्।
केन्द्रमा कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएपछि त्यसको असर प्रदेशमा देखिएको हो। कांग्रेस र एमालेबीच मधेश प्रदेश सरकारको नेतृत्व मधेश केन्द्रित दललाई दिने सहमति भएका मधेश प्रदेशमा जनमत पार्टीकै नेतृत्वको सरकार रहने देखिएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया