बिएल संवाददाता
पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित तीनजना मानिसलाई पक्राउ गरेको छ।
स्थानीय ठोरी गाउँपालिका ४ गोरखपुर टोलमा प्रहरीले विशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी तौल भएको दुईवटा हात्तीको दारा बरामद गरेको हो।
पर्सा प्रहरी प्रवक्ता डिएस्पी दिपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद विक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए। स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमीन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दारा बरामद भएको प्रहरी प्रवक्ता भरतीले जानकारी दिएका छन्।
हात्तीको दारा ओसारपसार र बिक्री बितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले नेपाली ५० रुपैयाको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ। डिभिजन वन कार्यालय पर्साको सहकार्यमा अनुसान्धान भईरहेको प्रवक्ता भारतीले बताएका छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया