बिएल संवाददाता
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा प्रकाशित ‘कोशी प्रदेशको आर्थिक व्यावसायिक पाश्र्वचित्र–२०८०’ को आज यहाँ लोकार्पण गर्दै उनले सार्वजनिक र निजी क्षेत्रबाट गरिने लगानीका बीच सामञ्जस्य कायम गर्न सके सीमित स्रोतको उच्चतम् प्रयोग भई आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्त हुन्छ भने। उनले आन्तरिक र बाह्य लगानी बढाउन प्रतिस्पर्धात्मक लाभका क्षेत्र पहिचान गर्ने तथा लगानीमैत्री वातावरण तयार गर्न सरकार र निजी क्षेत्रका बीच प्रभावकारी समन्वय र साझेदारीको आवश्यकता रहेकामा जोड दिए।
उनले कोशी प्रदेशको आर्थिक विकास र समृद्धिको यात्राअघि बढाउन सरकारले अनुकूल र लगानीमैत्री वातावरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको धारणा व्यक्त गरे।
लगानी विस्तारका साथै आय र रोजगारी प्रवर्द्धनका लागि पनि प्रदेश सरकारको आर्थिक अवस्था र सम्भावनासम्बन्धी तथ्यांकको उपलब्धता अनिवार्य हुने जनाउँदै उनले महासङ्घले तयार पारेको प्रादेशिक अर्थतन्त्र र आर्थिक गतिविधिसम्बन्धी तथ्यांकले सरकारका लागि निकै उपयोगी हुने छ भने।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रबाट पहिलो पटक प्रकाशित यो तथ्यांकले उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा लगानी गर्न चाहने व्यवसायीलाई फाइदा पुग्ने कुरामा जोड दिएका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया