आइतबार, १८ जनवरी २०२६

आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

News Image
• • •

आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ।

बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ। सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ। 

ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ। सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!