बिएल संवाददाता
बारास्थित ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले लागुऔषधसहित २ जना पुरुषलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा २ किलो ५०० ग्राम लागुऔषध अफिम जस्तो पदार्थ सहित २ जना पुरूषहरुलाई पक्राउ गरेको हो।
हेटौंडाबाट वीरगञ्जतर्फ जादै गरेको प्र.३–०३–००२ प ८११ नम्बरको १२५ सिसिको डिस्कभर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई लगी रहेको अवस्थामा अफिम जस्तो पद्धार्थ मरामद गरिएको हो।
पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा चितवनस्थित कालिका नगरपालिका वडा नम्बर ३ कि ५० वर्षिय संचलाल वाईवा र मकवानपुरस्थित हेटौडा उप–महानगरपालिका वडा नम्बर ३ का ४८ वर्षिय हिरालाल वाईवा रहेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया