बिएल संवाददाता
प्रहरीको नाममा रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डीएसपी दीपककुमार रायले बताए।
उनका अनुसार गौर-चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ताचोकमा आलमले शुक्रवार दिउँसो घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो।
आरोपी आलम हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनायो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया