बिएल संवाददाता
प्रहरीको जागिरको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा सर्लाही प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीमा जागिर लगाई दिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले ३२ बर्षीया लक्ष्मीकुमारी महतोलाई पक्राउ गरेको हो।
हरिपूर्वा नगरपालिका-५ का २१ बर्षीय शिवमकुमार यादवसँग नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनेर लालबन्दी नगरपालिका-१७ की महतोले ठगी गरेको सर्लाही प्रहरीले जनाएको छ।
महतोले पटक-पटक गरेर दुई लाख ७५ हजार रकम लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए।
उनका अनुसार ठगीमा परेका पीडित शिवमका दाइ सिपिन्द्रप्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा दिएको जाहेरीका आधारमा गत आइतबार महतोलाई पक्राउ गरिएको हो।
सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएर हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया