बिएल संवाददाता
सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई अन्तिमरुप दिँदा पीडितलाई केन्द्रमा राख्न तथा क्षतिपूर्ति र परिपूरणको व्याख्यालाई थप स्पष्ट बनाउन सांसदहरुले प्रतिबद्धता व्यक्त गरेका छन्।
मानव अधिकारका लागि महिला, एक महिला समूह (डब्लुएचआर) ले आज आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायको सवालमा नीतिगत अन्तरसंवाद’ विषयक कार्यक्रममा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
उक्त समितिमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लामो समयदेखि पारित हुन नसकेको स्थितिमा राजनीतिक सहमतिका आधारमा चाँडै टुङ्गोमा पुर्याउने उनीहरुले बताए। सोही विषयमा समितिको बैठक शुक्रबारका लागि राखिएको छ।
कानुनलाई परिमार्जनका लागि गठन गरेको कार्यदलका सदस्य एवं नेपाली कांग्रेसका सांसद जीवन परियारले पीडितलाई केन्द्रमा राख्न, यसबारे सर्वाेच्च अदालतले दिएका आदेशको पालना गर्न र दुई आयोगलाई प्रभावकारी बनाउने गरी कानुन बन्ने बताए।
कार्यदलका अर्का सदस्य एवं जनता समाजवादीका सांसद रञ्जुकुमारी झाले आयोगलाई स्वायत्त बनाउने र पीडितले उजुरी दिने समय तीन महिना दिने विषयमा आफूहरु सहमति नजिक रहेको बताइन्।
सांसद मैना कार्कीले हत्याको परिभाषा गर्दा सामान्य र गम्भीर भन्ने हुन नसक्ने जिकिर गर्दै सबै हत्यालाई गम्भीर मानवअधिकारको उल्लघङ्नमा राखिनुपर्ने माग गरिन्।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दवाडीले विधेयकको परिभाषा खण्डमा राखिएका ‘मानव अधिकारको उल्लङ्घन’ र ‘मानव अधिकारको गम्भीर उल्लङ्घ’ को परिभाषा तथा वर्गीकरण मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय कानुन र मूल्यमान्यता अनुरुप नभएकाले वस्तुगत आधार तथा कारणसहित वर्गीकरण गर्न आग्रह गरे। सोसम्बन्धी आयोगलाई प्रभावकारी बनाउन पर्याप्त स्रोत, साधनको व्यवस्थापन हुनुपर्नेमा उनले जोड दिए।
डब्लुएचआरकाका अध्यक्ष कविता पाण्डे द्वन्द्वकालीन समयमा महिलाका पीडा र अनुभवका आधारमा आफूहरुले ती कानुन पीडितमैत्री बनाउन पहल गरिरहेको जनाउँदै उजुरी दिन थप तीन महिना दिने प्रस्ताव सकारात्मक भएको बताइन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया