बिएल संवाददाता
हेटौंडा उपमहानगरपालिका-१ स्थित चौकीटालमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन्।
राहुल भन्ने २५ वर्षीय रमेश दासले बुधबार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा भाउजुलाई खुकुरी प्रहार गरी हत्या गरेको र भाउजुलाई हत्या गरेपछि बुधबार दिउँसो करिब ४ बजेतिर माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरेका थिए।
प्रहरीका अनुसार दाजुलाई खुकुरी प्रहार गरेर पक्राउ परेपछि मात्र भाउजुको पनि हत्या गरेको खुलेको थियो। बुधबार राति ९ बजेसम्म भाउजु फेला नपरेपछि प्रहरीमा खबर भएको थियो। प्रहरी आएर कोठा खोलेर हेर्दा गुडिया कोठामै मृत फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले राहुलसँग लिएको प्रारम्भिक बयान र उनको मेडिकल चेकजाँचबाट उनले लागुऔषध सेवन गरेको पुष्टि भएको छ।
रमेशले रुपेशलाई घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको र उनको टाउको, दाहिने हात, करङको भागमा गम्भी चोट लागेको प्रहरीले जनाएको हो। राहुलले आफूलाई परिवारले घृणाको दृष्टिले हेर्ने गरेको प्रहरीलाई बयान दिएका छन्। घाइते रुपेशको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भाउजुलाई भने लागुऔषध सेवनका लागि पैसा माग्दा नदिएको झोंकमा हत्या गरेको खुलेको छ। उनले भाउजुसँग सधैं पैसा माग्ने गरेको र भाउजुले पैसा दिन कडाइ गरेपछि भाउजुसँग रुष्ट बनेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया