बिएल संवाददाता
हेटौंडा उपमहानगरपालिका-१ स्थित चौकीटालमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन्।
राहुल भन्ने २५ वर्षीय रमेश दासले बुधबार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा भाउजुलाई खुकुरी प्रहार गरी हत्या गरेको र भाउजुलाई हत्या गरेपछि बुधबार दिउँसो करिब ४ बजेतिर माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरेका थिए।
प्रहरीका अनुसार दाजुलाई खुकुरी प्रहार गरेर पक्राउ परेपछि मात्र भाउजुको पनि हत्या गरेको खुलेको थियो। बुधबार राति ९ बजेसम्म भाउजु फेला नपरेपछि प्रहरीमा खबर भएको थियो। प्रहरी आएर कोठा खोलेर हेर्दा गुडिया कोठामै मृत फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले राहुलसँग लिएको प्रारम्भिक बयान र उनको मेडिकल चेकजाँचबाट उनले लागुऔषध सेवन गरेको पुष्टि भएको छ।
रमेशले रुपेशलाई घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको र उनको टाउको, दाहिने हात, करङको भागमा गम्भी चोट लागेको प्रहरीले जनाएको हो। राहुलले आफूलाई परिवारले घृणाको दृष्टिले हेर्ने गरेको प्रहरीलाई बयान दिएका छन्। घाइते रुपेशको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भाउजुलाई भने लागुऔषध सेवनका लागि पैसा माग्दा नदिएको झोंकमा हत्या गरेको खुलेको छ। उनले भाउजुसँग सधैं पैसा माग्ने गरेको र भाउजुले पैसा दिन कडाइ गरेपछि भाउजुसँग रुष्ट बनेका थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया