महेश चौलागाईं
कर्णाली प्रदेशको ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र जुम्लाको सिंजा क्षेत्रका मौलिक चाडपर्वहरूलाई आधिकारिकता प्रदान गरी राष्ट्रिय पात्रो (पञ्चाङ्ग)मा समावेश गर्ने सहमति भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको केन्द्रीय कार्यालय, नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा भएको छलफलमा सिंजा क्षेत्रका विविध सांस्कृतिक परम्पराहरूलाई राष्ट्रिय मान्यता दिने विषयमा सहमति जुटेको हो।
छलफलका क्रममा सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाले विगत चार वर्षदेखि निरन्तर अभ्यास गर्दै आएका मौलिक पर्व र परम्पराबारे जानकारी गराउँदै खस दिवस, तागा दिवस, साउन पूनि, भैलो, कोइरा दिवस, बारुवाँ र काफल दिवसलगायतका पर्वहरू आगामी नयाँ पात्रोमा समावेश गर्ने सहमति भएको बताए।
सिंजा क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएका यस्ता पर्वहरूलाई राष्ट्रिय पात्रोमा समेट्ने निर्णयले स्थानीय संस्कृति संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष लक्ष्मण पन्थीले खस सभ्यता र कर्णाली क्षेत्रको मौलिक पहिचान जोगाउन समिति सकारात्मक रहेको उल्लेख गर्दै आगामी वर्षको पात्रोमा यी पर्वहरूलाई उचित स्थान दिइने प्रतिवद्धता व्यक्त गरे।
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया