
झापामा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ
झापाको शिवसताक्षीमा गएराति भाइको हत्या भएको अभियोगमा दाजु पक्राउ परेका छन्। शिवसताक्षी–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णक्मार चन्दले जानकारी दिए।

बिएल संवाददाता - झापा