शनिबार, ०४ जुलाई २०२६

पाथीभरामा ८ करोड भेटी मौज्दात

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो। पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु आठ करोड १३ लाख ७९ हजार तीन सय ६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ। समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

पुष्कर खतिवडा पक्राउ

धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई साेमबार पक्राउ गरिएकाे हाे। उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा खतिवडा समातिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाेखरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीकाे मृत्यु

सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा बालिकाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधन’

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताए। बयालिसौँ बीपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले यहाँ आयोजना गरेको बिपी स्मृति सभामा उनले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार सबैको सहमतिमा संविधान संशोधन अगाडि बढाइने बताए। नेता निधिले सत्ता गठबन्धनले सङ्घीयता, प्रदेश संरचना र समानुपातिक व्यवस्थालाई कमजोर बनाउँछन् भनेर चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरे। उनले संविधान संशोधनभन्दा पहिले प्रदेश कानुन बनाउन अत्यावश्यक रहेको समेत चर्चा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्री न्याैपानेलाई देउवाकाे बधाई, क्रियाशील बनेर काम गर्न गगन थापाकाे सुझाव

शनिबार मन्त्री न्यौपानेले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा भेट गरेका थिए। भेटका क्रममा सभापति देउवाले सरकारका कामकारबाही चुस्त रुपमा गर्न सुझाव दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमतीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज (शनिबार) हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैँडा

कैलालीमा अझै हटेन पशु चौपाया छाड्ने प्रवृत्ति

कैलालीमा पशु चौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन। पशु चौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै छ। यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ। पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशु चौपायाको स्याहारसुसार गर्ने र काम नलाग्ने भएपछि जथाभाबी छाडने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताए। “काम नलाग्ने भएपछि छाडा छाड्ने गाई गोरुका कारण बजारमा सडक दुर्घटनाको जोखिम बढेको छ। धनगढीको छ लेन सडकमा दैनिकजसो एक/दुई गाई गोरु गाडीसँग ठोक्किएर मरेकै हुन्छन्। हाम्रो संस्थाले एक सयभन्दा बढी पशुको त उपचार गरिसकेका छौँ”, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो

दाङको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही–रक्षाचौर सडक खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ। विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन।  करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ। सडकको ट्रयाक खोलिएको करिब ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा घोराही–तुलसीपुर यातायातमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्री छनाैट सही नभएकाे भन्दै पुनले लेखे देउवालाई पत्र

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीले लुम्बिनी सरकारमा मन्त्री छनाैट सही ढंगले नगरेकाे भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई आपत्तिपूर्णपत्र लेखेका छन्। पुनले बुधबार विज्ञप्ति जारी गर्दै लुम्बिनीमा मन्त्री छनाैटकाे प्रक्रियाप्रति आपत्ति जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

लुम्बिनीमा एमालेबाट चार जना मन्त्री बन्दै

भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु र सीता शर्मा (चाैधरी) मन्त्री बन्न लागेका हुन्। मन्त्री छनाेटमा महासचिव शंकर पाेखरेल समूह हाबी भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

लिला गिरीले संसदीय दलको नेताबाट दिए राजीनामा

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे दबाबमा महासचिव शंकर पाेखरेलनिकट उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि गिरीले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ।  आर्थिक वर्ष २०८०–०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ।  गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो। उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ।  वन डिभिजन कार्यालयका अनुसार  चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ।  उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा रु ६ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर रु ५ लाख ६१ हजार ५ सयमा सीमित  भएको थियो।  यद्यपि गत आर्थिक वर्ष २०८०–०८१ मा जडीबुटी सङ्कलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ। उक्त अवधिमा रु ५ लाख ७६ हजार ७ सय राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबिच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो। मन्त्रालयले भदौ १ गतेदेखि अनिवार्य रूपमा मिटर प्रणालीमा ट्याक्सी सेवा सञ्चालन गर्नुपर्ने निर्णय गर्‍यो। तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकार भएका पक्षसँगको छलफलमा व्यवसायीले मिटरमा ट्याक्सी गुडाउने प्रतिबद्धतासमेत जनाए। तर उक्त निर्णय भएको वर्ष दिन नबित्दै पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मिटरमा ट्याक्सी गुड्न छाडिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याइएको छ। आइतबार बिहानदेखि अवरुद्ध बनेको कालीकोट–जुम्ला खण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो। स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको समन्वयमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए। 'कर्णाली राजमार्गमा वर्षात्का समयमा पहिराको जोखिम उच्च रहेकाले विशेष ध्यान दिएर यात्रा गर्न पटकपटक सूचना जारी गरिरहेका छौँ', उनले भने, 'आज बिहान खसेको पहिरो पन्छाएर अहिले राजमार्ग पूर्ण रूपमा सञ्चालन भइरहेको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले चौंथोपटक विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर