
बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै
दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले चौंथोपटक विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता - मकवानपुर
दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले चौंथोपटक विश्वासको मत लिन लागेका हुन्।
बिएल संवाददाता - मकवानपुर
प्रदेशसभाको आज अपराहन्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।
बिएल संवाददाता - बुटवल
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु१ज १३८३ नंको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री घाइते भएका छन्।
बिएल संवाददाता - तुलसीपुर
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ। एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए।
बिएल संवाददाता - बाके
कैलाश भट्ट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विषय अध्ययन गरिरहेका छन्। करिब पाँच वर्ष कृषि विज्ञान विषयको अध्ययन गरेका उनी यही साउन ७ गतेदेखि अन्तिम परीक्षाको तयारीमा छन्। पाँच वर्ष अध्ययनमा बिताएका उनी परीक्षा सकेपछि के गर्ने भन्ने अन्योलमा छन्। 'कृषि तर्फबाट स्नातक तहसम्मको अध्ययन सकियो। नतिजा आउन समय लाग्ने हुँदा बिचको समय के गर्ने भन्ने योजना बन्न सकेको छैन।' उनी भन्छन्, 'विद्यार्थीलाई पढाइसँगै कमाउने वातावरण बनाउन सके कृषि प्राविधिक स्वदेशमै काम गर्ने वातावरण बन्न सके के गर्ने भन्ने सोच्नुपर्ने थिएन होला।' पढ्ने अनि सँगै कमाउने वातावरण विद्यार्थीका लागि भए कृषि क्षेत्रमा विद्यार्थीहरूको आकर्षण बढ्ने विद्यार्थी प्रमीला शर्मा बताउँछिन्। कृषिमा उत्पादन भएको जनशक्ति व्यवस्थापन हुन नसक्दा कृषिमा अवसर हुँदाहुँदै पनि त्यो अवसरका लागि हुन नसकेको उनको भनाइ छ। ‘झन्डै पाँच वर्ष हामी कृषि विषय अध्ययन गर्दछौँ, अध्ययन गर्दा समय र लगानी धेरै हुन्छ। ' उनले भनिन्' सुदूरपश्चिम विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई पढ्दै कमाउने वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्छ।'
बिएल संवाददाता - भजनी
यसपटक आफू मुख्यमन्त्री बन्न नपाउने भएपछि लुम्बिनी नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लबहादुर चाैधरीले भने प्रतिशाेधकाे खेलमा लागेकाे छन। चाैधरीकाे त्याे खेल हाे, स्वर्गिय नेता खुमबहादुर खड्काका छाेरालाई मन्त्री बन्नबाट राेक्ने।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ। स्वास्थ्य सेवा विभागले आज काठमाडौँ आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए। दुई नदीको सङ्गमस्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताए। ढलमा पोलियो जीवाणु देखिएको पहिलोपटक हो। नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो। नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो। सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।
बिएल संवाददाता - काठमाडाैँ
मेला शे-फोक्सुन्डो गाउँपालिका वडा नं ३ शेल सुम्दो गुम्बामा लाग्नेछ। ‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको’ भन्ने मूल नाराका साथ मेलामा विभिन्न कार्यक्रम गरिनेछ। डोल्पोको प्राकृतिक, सांस्कृतिक र धार्मिक अवस्था बुझ्न मेला उपयुक्त अवसर बन्न सक्छ।
बिएल संवाददाता - काठमाडौं
भारतको सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै पनि विद्युतीकरण हुन सकेको छैन। जिल्लाको राप्तीसोनारी–४ र १ को खयरभट्टीमा विद्युत् जडानका लागि स्थानीयले आग्रह गरेका छन्। सो क्षेत्रमा करिब चार सय ५० घरधुरीले विद्युत्को सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेल्न बाध्य भएको स्थानीय प्रकाश नेपालीले जानकारी दिए। 'पहिले त हामीले खोलाको पानी नै खान्थ्यौँ तर पछिल्लो पटक केही घरमा धारा जडान भएको छ, खानेपानीको समस्या समाधान भएको छैन,' उनले भने। विद्युतीकरण भएपछि खोलामा बग्ने पानीको सदुपयोग गरेर खानेपानीको समस्या सधैँका लागि अन्त्य हुने उल्लेख गर्दै नेपालीले ठेकेदारको लापरबाहीले विद्युतीकरणको काम अघि बढ्न नसकेको बताए।
बिएल संवाददाता - नेपालगञ्ज
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। खानेपानी तथा ढल निकास विभागमा स्वागत तथा कार्यविवरणबारे जानकारी दिन आज आयोजित कार्यक्रममा उनले मन्त्रालयमा थप बजेटको व्यवस्थागरी समस्या समाधानका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए। 'खानेपानी मन्त्रालयमा बजेट अभाव छ, त्यसैले काम गर्न केही कठिनाइ छन् तर आवश्यक बजेट व्यवस्थापन गरेर समस्यामा समाधानमा लाग्नेछु। मन्त्रालयलाई सफल बनाउन सबै कर्मचारी र तहतप्काबिच समन्वय र सहकार्य आवश्यक छ। हामी सबै मिलेर पक्कै पनि सफलता प्राप्त गर्नेछौँ', मन्त्री यादवले भने।
बिएल संवाददाता - काठमाडाैँ
ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ।
बिएल संवाददाता - काठमाडाैं
कास्कीको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भएको छ। अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुक र मादी गाउँपालिका-१ सिक्लेस जाने सडकमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको हो। सडक सञ्चालन हुन नसक्दा गाउँमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ।
बिएल संवाददाता - कास्की
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ।
बिएल संवाददाता - काठमाडाैं
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह एवं निर्देशन दिए।
बिएल संवाददाता - मोरङ
काठमाडाैंकाे ठमेलस्थित एक हाेटलबाट लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ। ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र चाइना रेल्वे कम्पनीसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो।
बिएल संवाददाता - सिरहा
धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ। विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ। वागतवानी अधिकृत प्रदीप यादवले हालसम्ममा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिए। उनले भने, 'पानीका अभावमा किसानले ढिलो गरी ब्याड राखेकोले रोपाइँ गर्न पनि केही ढिलो भएको हो। '
बिएल संवाददाता - जनकपुरधाम
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्याएको विशिष्ट योगदानको स्मरण गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैँ
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .