शनिबार, ०४ जुलाई २०२६

पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ

पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन्। पक्राउ पर्ने नक्कली सिआइडीहरूमा पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा ७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्। अघिल्लो असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते कांग्रेस एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको जानकारी दिए । 'विशेष गरेर कोभिड महामारीको समयमा कार्गाे रेलले मालवाहक कन्टेनर छाडेर खाली र्‍याक रित्तै फर्किँदै गए । त्यही बेलादेखि थुप्रिएको खाली कन्टेनर अहिलेसम्म पनि यथावत रुपमा नै रहेका छन्', उनले भने, 'अहिले मालवाहक कन्टेनर सामान बोकेर आउने गर्छन् । जति सामान बोकेर आउँछन् । त्यत्ति नै खाली कन्टेनर बोकेर जाँदा पहिलाको खाली कन्टेनर यथास्थितिमा रहिरहने प्रवृत्ति देखिएको हो ।' कार्यालयका अनुसार दुई सय कन्टेनरमा भने लिलामी गर्नुपर्ने विभिन्न सामान तथा उपकरण रहेका छन् । प्रमुख भन्सार अधिकृत बरुवालले खाली रहेका कन्टेनर लैजानका लागि र्‍याक खाली भएको कार्गाे रेल आउनुपर्ने बताए । 'कार्गाे रेलले एकपटकमा कम्तीमा पनि ६० कन्टेनर ओसार्न सक्ने क्षमता रहन्छ', उनले भने, 'यहाँ रहेका खाली कन्टेनर हटाउनका लागि कम्तीमा पनि २० देखि ३० पटक खाली र्‍याक भएको कन्टेनर ल्याउनुपर्ने हुन्छ । खाली र्‍याकमात्र ल्याउँदा लागत खर्च धेरै लाग्ने भएकाले पनि व्यवसायी आनाकानी गर्दै आइरहेको देखिन्छ ।' प्रमुख भन्सार अधिकृत बरुवालले नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टलाई खाली भएका कन्टेनर हटाउनका लागि छलफल गर्दै आइरहेको जानकारी दिए । सुक्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेनर भरिभराउ देखिए पनि अधिकांश खाली रहेको उनको भनाइ छ । 'बाहिरबाट हेर्दा भन्सार यार्ड भरिभराउजस्तै देखिन्छ । तर, रित्तो कन्टेनरका कारण यार्ड व्यवस्थापनमा पनि समस्या थपिरहेको छ', उनले भने । यहाँ विशेषगरी विशाखापट्टानम र कोलकाताबाट धेरै मालवाहक कन्टेनर आउने गर्छन् । सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ । यो यस्तो खालको बन्दरगाह हो, जहाँ कार्गाे रेलबाट मात्र मालसामान ल्याउने गरिन्छ । यो सन् २००० विश्व बैंकको ऋण सहयोगमा रु ८२ करोड लागतमा निर्माण गरिएको हो । भारत सरकारको २० करोड लागतमा रक्सौलबाट बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको हो । अहिले सुक्खा बन्दरगाह व्यवस्थापनको काम भने इन्टरमोडल यातायात विकास समितिमार्फत हुँदै आइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षका लागि रु तीन अर्ब ३३ करोडमा ठेक्का सम्झौता भएको छ । प्रिष्टिनले सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापन गरेबापत औसतमा वार्षिक रु ६६ करोड समितिलाई उपलब्ध गराउने गर्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

घरपालुवा जनावर मार्न थालेपछि टीकापुरमा चितुवाको त्रास

एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ। चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए। ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उनले नागरिकलाई नआत्तिन आग्रह गरे। 'स्थानीयले तीन चितुवा देखेको बताएका छन्। हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

कास्कीमा डेंगु सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी

कास्कीमा एकै दिन ४० जना डेंगु सङ्क्रमित भेटिएका छन्। योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेंगुका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। गत पुस यता यहाँका तीन सय ६२ जनामा डेंगुको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

गण्डकीमा ९६ प्रतिशत रोपाइँ सकियो

गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ। सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

यी भूभागमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माछापुच्छ्रेमा चितुवा मृत फेला

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज चितुवा मृत फेला परेको छ। माछापुच्छ्रे–३ घाचोकस्थित ढावा पुल नजिक पोथी प्रजातिको अन्दाजी चारदेखी पाँच वर्षको चितुवा मृत भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

‘गाउँको शिरमा भिर छ, खस्ला भन्ने पिर छ’

बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ। बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरणका लागि १ करोड वृक्षारोपणको संकल्प

‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित देशव्यापी एक करोड वृक्षारोपण अभियानको सुरु भएको छ।  जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरे।  काठमाडौंको पाशुपत क्षेत्र अन्तर्गत भण्डारखाल उद्यानमा कायक्रमको उद्घाटन भएसँगै देशभर मेचीदेखि महाकालीसम्म एक साथ वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिम: भतिजालाई राेकेर देउवाले मुख्यमन्त्रीमा शाहलाई अघि सारे

मुख्यमन्त्रीका लागि कांग्रेसभित्र हानथाप चलेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा र बहादुर सिंह थापाले दाबी गरेका छन्। यद्यपि, सभापति देउवाले शाहलाई समर्थन गर्न निर्देशन दिएअनुसार देउवा र थापाले समेत शाहलाई समर्थन गरिसकेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैँ उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तुलसीपुरमा बेग्लाबेग्लै घटनामा दुईको मृत्यु

लसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर उपमहानगरपालिका–११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको हो। आज दिउँसो १ बजेतिर घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तार ‘सर्ट’ भई करेन्ट लागेर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

विवादित विषयबारे बाेल्न सांसद सूर्य ढकालकाे आनाकानी

सांसद ढकाल भनेका थिए, ‘शिक्षकहरुलाई एकपटक शिक्षक सेवा पास गरेका शिक्षकलाई ५/५ वर्षमा परीक्षा लिनुपर्ने र राति १ बजेसम्म दारु खान्छ तर ऊ शिक्षक हो।’

डिल्ली शाही

डिल्ली शाही - बाँके

कांग्रेसभित्र सुदूरपश्चिमको मुख्यमन्त्री बन्न चार नेताबीच हानथाप

मुख्यमन्त्रीका चारै जना आकांक्षीसँग छुट्ट-छुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन्। देउवाले दिने निर्देशन अनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

डडेल्धुरामा मृत चितुवा फेला

डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ। गत महिना मात्रै जिल्लाको गन्यापधुरामा एक चितुवा मृत अवस्थामा फेला परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शान्तिनगर–४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसीपुर–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

‘पेरिस ओलम्पिक’मा कण्डमै–कण्डम

फ्रान्समा जारी ‘पेरिस ओलम्पिक’मा खेल र खेलाडीहरूलाई उछिन्दै ‘कण्डम’ले ब्यापक चर्चा पाइरहेको छ। खेलकुदको महाकुम्भ मानिने ‘गृष्मकालीन ओलम्पिक–२०२४’मा आयोजकले १४ हजारभन्दा बढी खेलाडीहरूलाई ३० हजार कण्डम उपलब्ध गराएको छ। पेरिस ओलम्पिकमा खेलाडीहरूलाई निःशुल्क कण्डम उपलब्ध गराएपछि सामाजिक सञ्जालमा आलोचना र चर्चा चलिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ