आज माघे सङ्क्रान्ति- पुसमा पकाएर माघमा खाने पर्व
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकारका साथै माटोमुनि फलेका तरुल, सखरखण्ड, इस्कुसको जरा, पिँडालुसँगै खिचडी आदि खाने चलन नेपाली समाजमा रहेको छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने माघ महिनामा यस्ता परिकार खाने गरिएको हो। यी खाद्य परिकारले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न मद्दत गर्नुका साथै शक्ति प्रदान गर्छ।
बिएल संवाददाता - काठमाडौं