
आगजनी गरेको अभियोगमा पक्राउ
दाङको बङलाचुली गाउँपालिका–५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता - दाङ
दाङको बङलाचुली गाउँपालिका–५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - दाङ
नेपाल प्रहरीले कैलालीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले गएराति जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
बिएल संवाददाता - कैलाली
अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टा–छुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्।
बिएल संवाददाता - पोखरा
सम्साँझै सुतेर पनि बिहान अबेर ब्यूँझिने काठमाडौँलाई यी कवाडीहरूले डिस्टर्व त गरेकै होलान् नि! मोटरगाडीका तीखा आवाज र कानै खाने धोद्रा स्वरहरूलाई त काठमाडौँले मज्जैले पचाइसकेको छ। यिनीहरूको ‘कवाडी’ आजावले ‘ध्वनी प्रदुषण’ गर्ने नै भो।
बिएल संवाददाता - काठमाडौँ
हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
काठमाडौँ। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ। शुक्रवार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चारजना घाइते छन्।
बिएल संवाददाता - रौतहट
पर्सा प्रहरी प्रवक्ता डिएस्पी दिपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद विक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए। स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमीन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दारा बरामद भएको प्रहरी प्रवक्ता भरतीले जानकारी दिएका छन्।
बिएल संवाददाता - वीरगन्ज
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ। तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ। पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ। सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई भोलि असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ। मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुने उनले बताए।
बिएल संवाददाता - पर्वत
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ। आज (बिहीबार) बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
द्वन्द्धको समयमा महिला र बालिकाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वा परिस्थिति जन्य कारणबाट जोखिमपूर्ण जीवन बाँच्न बाध्य भएको र उनीहरु यौनजन्य हिंसा तथा अन्य लैङ्गिक हिंसाको जोखिममा परेको तथ्यलाई विभिन्न घटना तथा सन्दर्भहरुले समेत उजागर गरेका छन्।
बिएल संवाददाता - रुकुम (पूर्व)
सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजारको पश्चिम धर्मकाँटानजिक बीचसडकमा विद्युत्को पोल नहटाई गरिएको कालोपत्र सडक। नेपाल विद्युत् प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ ग्रुपले त्यो राखेरै सडक कालोपत्र गरेको हो।
बिएल संवाददाता - सिरहा
हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए। गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिए।
बिएल संवाददाता - सुदूरपश्चिम
प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने विश्वप्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले स्टल राखेका छन्। ती स्टलहरुमा सम्बन्धित विषयको अध्ययनबारे जानकारी गराइएको छ। जसमा इच्छा भएका विद्यार्थीले अध्ययन गर्न पाउनेछन्
बिएल संवाददाता - काठमाडौं
आम जनता पार्टी (आजपा) निकटको आम उद्योग वाणिज्य संघको केन्द्रीय समिति चयन भएको छ। साजनकुमार जयसवालको संयोजकत्वमा समिति गठन भएको छ।
बिएल संवाददाता - काठमाडौं
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ। ५६ वर्षीय थारुको सोमबार दिउँसो १ बजे निधन भएको हो।
बिएल संवाददाता - विराटनगर
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद (इद उल अजहा)’ को अवसरमा शुभकामना व्यक्त गरेका छन्। इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा आज शुभकामना सन्देश दिर्दै उनले इस्लाम धर्मावलम्बी ‘बकर इद’ लाई पवित्र पर्वका रूपमा मनाउँदै आएका जनाउँदै यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
'बाँस निगालोबाट डोका, डालो बुनेर, अम्रिसोबाट कुचो बनाएर हामीले आम्दानी गर्दै आएका छौँ', स्थानीय सन्तोष अधिकारीले भने, 'बर्खायाममासमेत सडक सुचारु हुने भएमा तीन हजार टन आलु उत्पादन गर्ने क्षमता हामीसँग छ।'
बिएल संवाददाता - मलेखु (धादिङ)
१ .
२ .
३ .
४ .
५ .