शनिबार, ०४ जुलाई २०२६

आज गङ्गा दशहारा पर्व मनाइँदै

हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन्। पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ। गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन्। सूर्योदयअघि स्नान गरेर नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ। यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभएको वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

लुम्बिनीमा ३८ अर्ब ९६ करोडकाे बजेट विनियोजन, प्रादेशिक अस्पताल प्रमुख प्राथमिकतामा

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले चालु आवको भन्दा करिब रु. डेढ अर्बभन्दा कम बजेट सार्वजनिक गरे। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कूल रु. ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार बजेट विनियोजन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

गण्डकी प्रदेशः आगामी आ.व.का लागि रु ३२ अर्ब ९७ करोड बजेट

गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले प्रस्तुत गरेकाे बजेटमा चालुतर्फ रु. १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु. १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार विनियोजन गरिएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

कोशीले ल्यायाे ३५ अर्ब २७ करोडको बजेट

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेशसभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

‘च्याम्पियन लड्छ तर रोकिदैन...’

‘सन् १९६५ मा भारत र पाकिस्तानबीच युद्ध चलिरहेको थियो र हामी कश्मीरमा थियौं। केही समयपछि हामीले सिट्टीको आवाज सुन्यौं। हामी सबै नयाँ थियौं र हामीले सोचेका थियौं कि सायद सिट्टी बजाएको हो। तर यो एक हवाई आक्रमण चेतावनी थियो’, उनी भन्छन्,  ‘मसँगै आएका सिपाहीहरू बंकरबाट निस्किए। यसैबीच आक्रमण भयो। दुवैतर्फबाट भारी गोलीबारी भएको थियो। मलाई पनि गोली लागेको थियो। एउटा गोली मेरो मेरुदण्डमा लागेको थियो। त्यो गोली अझै पनि मेरो मेरुदण्डमा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरमा प्रहरीलाई भौतिक संरचना अपुग

तराईका दुई र पहाडमा सात जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले अझै अरु निकायका भवन र भाडाका भवनमा आश्रय लिएर समाज सुरक्षाको जिम्मेवारी बहन गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

वक्र ईदकाे अवसरमा साेमबार सार्वजनिक बिदा

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै राजपत्रमा प्रकाशित सूचनाअनुसार वक्र ईदकाे अवसरमा असार ३ गते सार्वजनिक बिदा दिने जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘दलित आयाेगमा देखिएका चुनाैतीहरुकाे सम्बाेधन गर्न जरुरी छ’

महालेखापरीक्षकले यस वर्षकाे प्रतिवेदनमा दलित आयाेगमा भएका चुनाैतीहरु प्रस्तुत गर्दै ती चुनाैतीहरुकाे सम्बाेधन गर्न जरुरी रहेकाे उल्लेख गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँमा आज राति हल्का वर्षा हुने, तापक्रम भने ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं  विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्तो छ आजको मौसम

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिलालाई उद्यमी बनाउन ‘सानो पाइला’ले पछ्याएको ठूलो लक्ष्य

‘सामाजिक उद्यमलाई प्रवर्द्धन गर्नका लागि हामीले ‘कास्य’ कम्पनी पनि सञ्चालन गरिरहेका छौँ। त्यसमा हामीले नै प्रशिक्षित गरेका महिलाहरू सेयरहोल्डर समेत भइ काम गर्दै राम्रो आर्जन गरिरहनुभएको छ’, पोखरेलले भनिन्। उनका अनुसार ‘कास्य’मा आबद्ध भएर काम गर्न चाहनेहरूलाई त्यो अवसर पनि प्राप्त हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण

म्याग्दीको बेनी नगरपालिका- ४ मा ४३ वर्षअघि निर्माण गरिएको ककच्ची नहरलाई पक्की बनाउन थालिएको छ। साम्तुङ-सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो। गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पछिल्लो दुई आर्थिक वर्षयता एक किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरिएको उपभोक्ता समितिका उपाध्यक्ष सोमबहादुर आलेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ। व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताएका हुन्। जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ। विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वालिङ

बेनी–जोमसोम–कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ। भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्त्वपूर्ण मानिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

वीरगन्ज महानगरभित्रका विद्यालयमा बिहान १०ः३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगन्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ। महानगरको आइतबार बसेको बैठकले वीरगन्ज आसपासको क्षेत्रमा फेरि अत्यधिक गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगन्ज

ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान

जिल्लाका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ। पालिकाले शैक्षिक भेला गरी समुदायिक विद्यालयहरूको शैक्षिकस्तर सुधार अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिए। शिक्षाको गुणस्तर सुधार्न शिक्षक, विद्यार्थी र अभिभावकसमेतलाई जिम्मेवार बनाउने विषय घोषणापत्रमा समावेश गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

इलाममा आदिवासी जनजाति महोत्सव

इलाममा आजदेखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव’ आयोजना हुँदैछ। नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय नगरपालिका–११ मा दुईदिने महोत्सव हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

‘ड्रगिस्ट’को चंगुलबाट बचेकी यौनकमीकाे कथा

झट्ट हेर्दा सामान्य देखिने अर्धबेश ती पुरुषले नशालु पदार्थ सेवन गरेका थिए। उनी पुग्नअगावै। जब अलाना ती पुरुष नजिक पुगिन्। तब उनले अलानाको टाउको समातेर आफ्नो नजिक ताने। र, आक्रमक तरिकाले उनीसँग जर्बजस्ती गर्न थाले। तर विवश थिइन् अलाना। उनी न त्यहाँबाट भाग्न सक्थिन् न त चिच्याउन नै। ‘सुरक्षित निस्किनको लागि मसँग कुनै विकल्प नै थिएन’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं