बुधबार, ०६ अगस्ट २०२५

‘युवापुस्ताप्रति विश्वास जगाउन आवश्यक’

महासङ्घको यही फागुन ५ गते आयोजित साधारणसभामा सबै प्रदेश र जिल्लाबाट सहभागी सामाजिक अभियन्ता तथा नागरिक अगुवाको उपस्थितिमा घोषणापत्र जारी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्वे हुने

नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहितको उपस्थिति थियो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

चौतारीका उपाध्यक्ष अधिकारी लापत्ता

विहेका लागि जन्ती जान घर भरि नातागोता ,आफन्तहरु अधिकारीको घरमा भेला सकेका थिए। तर, वेहुला केटो नै विहानै देखि सम्पर्कविहीन भएपछि विहेनै भाडिन पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमक 

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति      

विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

बर्दिबासामा सडक खाना महोत्सवको आयोजना

आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो। बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

विचार मन्थनले कर्णालीलाई दिशा निर्देश गर्छ

विरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको मन्थनले कर्णालीलाई दिशा निर्देश गर्ने बताएकी छिन्। 'कर्णाली उत्सव कुडा कर्णालीका'को पाँचौ संस्करणमा आयोजक सहरको तर्फबाट विरेन्द्रनगरमा विचारको वहार विषयमा बोल्दै मेयर ढकालले कुराले नै काम गर्ने कुराको संकेत मिल्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन

दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावा, नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरका सञ्चालक सांसद सुनील शर्मा, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र आमचोकका अध्यक्ष अशोक राईको सहयोगमा गत पुस २३ र २४ गते निःशुल्क शिविर सञ्चालन गरिएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

संरक्षणको पर्खाइमा वाग्मा पोखरी

निकै सुन्दर र आकर्षक देखिने वाग्मा पोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि तीनै तहका सरकारले प्राथमिकता नदिएको पाइएको छ। पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजनासँगै आवश्यक संरक्षण र प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नागरिकताका लागि झुटो विवरण दिनेलाई ५० हजार जरिवाना

नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ। इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका–५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यस्तो फैसला सुनाएको अदालतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

हङकङमा कार्यरत युवाको सहयोगमा गाउँमा नि:शुल्क एम्बुलेन्स सेवा

रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका विपन्न परिवारलाई नि:शुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ 

गण्डकी प्रदेश सरकार स्थापना दिवस मनाइँदै आज

प्रदेश प्रमुख गुुरुङद्वारा आज जारी शुुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिएका छन्। सन्देशमा उनले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको बताए। प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न सबैको सार्थक पहल र सहकार्य आवश्यक भएको सन्देशमा उल्लेख गर्दै नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूूरा गर्न सङ्घीयताको व्यावहारिक कार्यान्वयनलाई ध्यान आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

महासंघले बिहीबार बिहान महेन्द्रनगरबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायात प्रालिको रात्रि सेवामा सञ्चालित सुपप्र ०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमा मृत्यु हुनाका साथै १५ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा सीमा स्तम्भ रङ्गरोगन

सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो। यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६  सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर (कञ्चनपुर)

बझाङमा जिप दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर (बझाङ)

घर–घरमै जन्मदर्ता

सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्‍याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो। 'छारीको न्वारनमात्र सकिएको थियो। जन्मदर्ता वडामै बनाएर आज पुर्‍याउन आउनुभएछ। वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो,' बेबिकाले भनिन्, 'यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन। वडाले आफैं बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो।'

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै

कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो। संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

 कीर्तिपुरमा ‘आमा दौड’ हुने

कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष आमाहरूलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्दिरै मन्दिरको गाउँ पिठातोला

खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ। मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ। आफैँमा पूर्ण लाग्छ। जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले ‘कान्छी गाउँ’ को उपमा दिन्छन्। कान्छी गाउँमा पाँचवटा माडौँ छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ