पशुपतिका चारै ढोका खुले
हिन्दु धर्मावलम्बीहरूले महादेवको आराधना, भजनकीर्तन, पूजा, होम गरी महाशिवरात्रि पर्व मनाउँदैछन्। महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शनका लागि बिहानैदेखि ठूलो घुइँचो लागेको छ। हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा सो मन्दिर रहेकाले प्रत्येक वर्ष आजको दिन मन्दिरमा मेला लाग्ने गर्दछ।
बिएल संवाददाता - काठमाडाैँ