सनीराज शाक्य
ललितपुर महानगरपालिका–३ वडाले घरघरमा प्रयोग गरिने विभिन्न उपकरणहरू बिग्रिएमा अब सहुलियत दरले मर्मत गरिदिने भएको छ।
त्यसका लागि वडाले ठाडो ढुंगामा तीन तल्ले भवन बनाएको छ। वडा स्वास्थ्य कार्यान्वयन समितिको तत्वावधानमा निर्मित सो भवनलाई ‘हाम्रो घर’नामाकरण गरिएको छ।
शनिबार एक समारोहकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो भवनको शुभारम्भ गरेका थिए।
भवनको पहिलो तल्लामा राईसकुकुर, फ्रिज, पानी तान्ने मेसिन, पंखा, ग्यासबाट खाना पकाउने चुल्हो लगायत सामग्रीहरू बिग्रिएमा सहुलियत दरमा मर्मतका लागि प्रयोगमा ल्याइने वडा कार्यालयले जनाएको छ।
त्यससँगै व्यावसायिक सीप तालिम सञ्चालन गरिने छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट दिइने विविध तालिमहरूमध्ये मागका आधारमा तालिम दिइने वडाध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिए।
दोस्रो तल्लामा स्वास्थ्य क्लिनिक र तेस्रो तल्लामा योगा कक्षा सञ्चालन गरिने छ।कौसीमा चिसो पानीसँगै सोलारबाट तातो पानीमा नुहाउने समेत व्यवस्था मिलाइएको छ।
त्यसैगरी दोस्रो तल्लामा सरकारी अस्पतालको दरमा स्वास्थ्य सेवा प्रदान गरिने पनि वडाले जनाएको छ भने तेस्रो तल्लामा हरेक तीन–तीन महिनामा नियमित योगा कक्षा सञ्चालन गरिने छ। कौसीमा चिसो पानीसँगै सोलारबाट तातो पानीमा नुहाउने समेत व्यवस्था मिलाइएको छ।
त्यसैगरी कार्यक्रमकाबीच मेयर महर्जनले १ देखि २९ वडाहरूमध्ये सबैभन्दा बढी राजस्व संकलन गर्ने, डिजिटल प्रविधि र सेवाप्रवाह सम्बन्धी नयाँ–नयाँ सोच प्रयोग गर्दै आएकोले ललितपुर–३ अब्बल वडा रहेको बताएका थिए।
'जनतालाई कसरी सेवा दिन सकिन्छ' भनेर ललितपुर–३ बाट पाठ सिकेर व्यवहारमा प्रयोग गर्न पनि अरू वडाध्यक्षलाई अनुराेध समेत गरेका थिए। सो अवसरमा रोबर्ट बडापत्र समेत शुभारम्भ गरिएको थियो।
आफूलाई चाहिएको सेवाको लागि कुन–कुन कागज चाहिन्छ भनेर रोबर्टलाई सोधेमा रोबर्टले जवाफ दिने रोबर्ट बडापत्र देखेर मेयर महर्जन निकै प्रभावित प्रभावित भएका थिए।
समारोहमा वडाबासी समेत रहेका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वडाले सञ्चालनमा ल्याएको व्यावसायिक सीप तालिम केन्द्र शिक्षालाई सीपसँग जोड्ने राष्ट्रिय नीतिको एउटा ठोस उदाहरण रहेको धारणा राखेे।
अर्काे वडावासी एवंम पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा, स्वास्थ्य र सेवाप्रवाहमा ललितपुर–३ देशकै एउटा अनुकरणीय वडा रहेकाे बताएका थिए।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया